शुक्रबार, वैशाख ७, २०८१

हेलचेक्र्याइँले कोरोना संक्रमण समुदायमा पुग्ने खतरा

“अहिले सचेत भएनौं भने यो (कोरोना संक्रमण) नियन्त्रणभन्दा बाहिर जान पनि सक्छ। त्यसैले आजै सचेत हुन जरुरी छ।”
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

भैरहवा- गत चैत दोस्रो सातासम्म प्रदेश ५ का तराईका जिल्लामा मानिस घरबाहिर निस्कँदनथे। केही ठाउँमा बाहिरका मानिसलाई ‘प्रवेश निषेध’का बोर्ड राखिएका थिए।

triton college

केही समयपछि प्युठानको गौमुखी गाउँपालिकाकी उपाध्यक्ष तुलसा सुनार काठमाडौं गएर फर्किइन्। त्यसपछि उनलाई १४ दिन क्वारेन्टिनमा राखिएको थियो।

लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले कोरोना संक्रमण भएपछि राजीनामा दिएका थिए। 

कोरोना संक्रमण फैलन नदिन प्रदेश ५ मा तीन–चार महिनाअघि अपनाइएको सतकर्ता यी उदाहरणबाट प्रष्ट हुन्छ। अहिले भने त्यहाँ कोरोना संक्रमणलाई हेलचेक्रयाइँ गर्ने गरिएको छ, जसका कारण कोरोना संक्रमण समुदायमा पुग्ने खतरा देखिएको छ।

जनस्वास्थ्यकर्मी प्रमोद ज्ञवाली नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताउँछन्। त्यसकारण कोरोना संक्रमण हुन नदिन हेलचेक्रयाइँ गर्न नहुने उनको भनाइ छ।

corrent noodles
Metro Mart

“अहिले सचेत भएनौं भने यो (कोरोना संक्रमण) नियन्त्रणभन्दा बाहिर जान पनि सक्छ। त्यसैले आजै सचेत हुन जरुरी छ,” उनी भन्छन्, “जथाभावी हिँडडुल गर्ने, भीडभाड बढाउने, औपचारिक कार्यक्रम गर्ने कार्य तत्काल बन्द गरिनुपर्छ।”

होटलमा बास बसेकामा देखियो कोराना

बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा यही साउन ७ गतेदेखि बस्दै आएका तीन जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरुमा कोरोना देखिएसँगै बुटवलमा त्रास बढेको छ। उनीहरुसँग होटलमा सम्पर्कमा रहेका व्यक्तिको यकिन हुन सकेको छैन।

‘पहिलेभन्दा झन् खतरा’

भैरहवामा मंगलबार सबै सरकारी कार्यालयका सूचना अधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी महादेव पन्थले कोरोनाको संक्रमण विगतभन्दा झनै फैलिन सक्ने खतरा औल्याएका छन्।

उनले बैठकमा भने, “यतिबेला झनै खतरा बढेको छ। किनकी हामीले होम क्वारेन्टिनमा बसेकाको पुनः परीक्षण गर्न सकेका छैनौं। निको भएर घर फर्केकाको पनि पुनः परीक्षण गर्न सकेका छैनौं। धेरैजनाले मास्क नलगाइ हिँड्न थालेका छन्। बजार, सवारी साधन, उद्योगधन्दा खुल्न थालेका छन्। तर, सावधानी अपनाएको देखिँदैन। त्यसैले हामी खतरामा नै छौं।”

प्रजिअ पन्थले सरकारी कार्यालयमा काम गर्ने कर्मचारी र सेवाप्रवाह गर्दा सेवाग्राहीसँग पनि सतर्क भई न्यूनतम सावधानी अपनाएर मात्रै सेवाप्रवाह गर्न आग्रह गरे। उनले भने, “यतिबेला लकडाउन केही खुकुलो मात्रै भएको हो। तर, खतरा विगतभन्दा झनै छ। हामी अझै सतर्क र सचेत हुनैपर्छ।”

प्रदेश ५ मा १३ जनाको मृत्यु, कुन जिल्लामा कति?

कोरोनाको कारण मुलुकभर १९ हजार ६३ जना संक्रमित हुँदा प्रदेश ५ मा अहिलेसम्म चार हजार २३२ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये तीन हजार ९०४ जना निको भइ घर फर्किसकेको प्रदेश ५ स्वास्थ्य प्रशासन प्रमुख डा. उमाशंकर चौधरीले बताए।उनका अनुसार प्रदेशमा ९३ आइसोलेसन सेन्टरमा ३१५ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म १३ जनाको मृत्यु भएको छ। 

प्रदेश ५ का १२ जिल्लामध्ये कपिलवस्तुमा सबैभन्दा बढी ७९८ जना संक्रमित छन्, जसमध्ये ५१ जना उपचारमै रहेको र ७४७ जना निको भइ घर फर्केका छन्।

यसैगरी, दाङमा ६३३ जना संक्रमण पुष्टि भएको छ। तीमध्ये १०८ जना अहिले पनि उपचारमै छन् भने ५५३ जना निको भइ घर फर्केका छन्। यस्तै, दुई जनाको मृत्यु भएको छ।

पाल्पामा अहिलेसम्म ५५९ जना संक्रमित भएकोमा ११ जना उपचारमै रहेको र ५४७ जना निको भइ घर फर्किसकेका छन्। यस्तै, एक जनाको मृत्यु भएको छ।

यसैगरी, बाँकेमा ४१३ जनामा संक्रमण पुष्टि भएकोमा २३ जना उपचारमा छन्। त्यहाँ अहिलेसम्म ३८८ जना निको भइ घर फर्केको र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।

गुल्मीमा ३६० जना संक्रमित भएकोमा ९ जनाको उपचार भइरहेको छ। यस्तै, ३४८ जना निको भइ घर फर्किसकेका छन् भने ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ।

यसैगरी, अर्घाखाँचीमा ३२८ जनामा संक्रमण देखिएकोमा ५ जना उपचारमा रहेको र ३२० जना निको भइ घर फर्किसकेका छन्। त्यहाँ पनि कोरोनाबाट ३ जनाको मृत्यु भएको छ।

रुपन्देहीमा ३३५ जना संक्रमित भएकोमा २४ जना उपचार गराइरहेका छन्। ३१० जना निको भई घर फर्किसकेका छन् भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

यसैगरी, प्यूठानमा ३३५ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ७ जना उपचाररत छन् भने ३२८ जना कोरोनामुक्त भइसकेका छन्। बर्दियामा २३२ जना संक्रमित भएकोमा ३३ जना उपचार गराइरहेका छन् भने १९९ जना डिस्चार्ज भइसकेका छन्।

यसैगरी, नवलपरासीमा १२१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १४ जना अझै उपचाररत छन् भने १०७ जना कोरोनामुक्त भइसकेका छन्। रोल्पामा ७३ जना संक्रमित भएकोमा २३ जना अझै उपचाररत छन्। त्यहाँ ४९ जना निको भइ घर फर्किसकेका छन्। यस्तै, एक जनाको मृत्यु भएको छ।

रुकुम पूर्वमा १५ जना संक्रमित भएकोमा हाल ७ जना उपचाररत छन् भने आठ जना उपचारपछि घर फर्किएका छन्।

प्रकाशित: Jul 30, 2020| 06:07 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।