बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सेवाग्राहीका लागि काठमाडौंमा नयाँ नियम, १८ गतेदेखि लागू हुने

सेवाग्राहीका लागि काठमाडौंमा नयाँ नियम, १८ गतेदेखि लागू हुने

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन सामाजिक–भौतिक दूरी कायम गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीहरुका लागि नयाँ नियमको व्यवस्था गरेको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन सामाजिक–भौतिक दूरी कायम गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीहरुका लागि नयाँ नियमको व्यवस्था गरेको छ।

triton college

साउन ५ गतेको मन्त्रिपरिषद्को निर्णय एवम् काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला संकट व्यवस्थापन केन्द्रको साउन १२ गतेको संयुक्त बैठकको निर्णय अनुरुप सेवाग्राहीका लागि नयाँ नियम ल्याएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रदान गरिने सेवा प्रवाहको ढाँचा अर्को व्यवस्था नभएसम्मका लागि साउन १८ गतेदेखि नयाँ नियमानुसार हुने जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत् जानकारी दिएको छ।

नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण गर्न काठमाडौं महानगरपालिका क्षेत्रका सेवाग्राहीहरुका लागि आइतबार, मंगलबार र बिहीबार तोएिको छ।

त्यस्तै कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीहरुका लागि सोमबार तोकिएको छ। बुढानिलकण्ठ, टोखा र कागेश्वरी मनहरा नगरपालिकाका लागि बुधवार र गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका लागि शुक्रबारको समय तोकिएको छ।

corrent noodles
Metro Mart

पत्रपत्रिका संघसंस्था दर्ता र नवीकरणको पनि निश्चित दिन तोकिएको छ। संघसंस्था दर्ता सोमबार र बुधबार, संघसंस्था नवीकरण आइतबार, मंगलबार र बिहीबार र पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधनका लागि शुक्रबारको समय तोकिएको छ।

त्यस्तै प्रतिलिपि पत्राचार भने प्रत्येक दिन दिउँसो ४ बजेपछि मात्रै हुनेछ। शान्ति सुरक्षाको निवेदन र कानून बमोजिम हुने मुद्दा सम्बन्धी कार्य, सरकारी कार्यालय र आयोजनासँग सम्बन्धित समन्वय र छलफल भने कार्यालय खुलेको हरेक दिन नै हुने व्यवस्था गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकिएका दिन मिलाएर मात्र सम्बन्धित सेवाग्राहीलाई कार्यालय प्रवेश गर्नुपर्ने नियम बनाएको हो।

कार्यालय भिडभाड र कोभिड–१९ संक्रमणको अवस्था अनुसार उल्लेखित तालिकामा आवश्यकता अनुसार थपघट र परिमार्जन गर्दै लगिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

प्रकाशित: Jul 29, 2020| 19:12 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।