मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • पार्टीले मलाई मात्रै होइन, समुदायलाई नै अन्याय गर्‍यो : डोबाटे विश्वकर्मा [अन्तर्वार्ता]

पार्टीले मलाई मात्रै होइन, समुदायलाई नै अन्याय गर्‍यो : डोबाटे विश्वकर्मा [अन्तर्वार्ता]

गण्डकी प्रदेशमा मन्त्रीको शपथ खान एक हप्ताअघि गृह जिल्ला तनहुँबाट हतारिँदै पोखरा गएका डोबाटे विकको नाम अन्तिममा काटियो। उनको स्थानमा कास्कीका विन्दुकुमार थापाले मन्त्री बनेर शपथ लिए।
 |  शनिबार, साउन १६, २०७८

विभु भुसाल

विभु भुसाल

शनिबार, साउन १६, २०७८

गण्डकी प्रदेशमा मन्त्रीको शपथ खान एक हप्ताअघि गृह जिल्ला तनहुँबाट हतारिँदै पोखरा गएका डोबाटे विकको नाम अन्तिममा काटियो। उनको स्थानमा कास्कीका विन्दुकुमार थापाले मन्त्री बनेर शपथ लिए। मन्त्रीको शपथ लिन गएका दोबाटे बीच बाटोमै छोडिए। डोबाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका बुवा गोवर्धन पोखरेलले राजनीतिमा ल्याएका थिए।

triton college

२०३६ सालयता सक्रिय राजनीतिमा लागेका डोबाटे विभिन्न राजनीतिक घटनाक्रमका साक्षी बसे। एकले अर्कालाई खुइल्याउने राजनीतिको साक्षी बसेका दोबाटे गत शुक्रबार आफैं पनि त्यसको सिकार बने। राजनीतिक वृत्तमा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा डोबाटेलाई मन्त्री नबनाइएको चर्चा छ। रामचन्द्र पौडेल गुटका भएको कारण उनी मन्त्री बन्न नपाएको चर्चा पनि कांग्रेस वृत्तमा छ। यसै सन्दर्भमा विकसँग नेपाल समयले गरेको छोटो कुराकानीः 

गण्डकी प्रदेश सरकारले मन्त्रीपरिषद् विस्तार गरेको गत शुक्रबारको क्षणलाई कसरी सम्झनुभएको छ? 

यो क्षण मेरो लागि निकै दुखद् रह्यो। शुक्रबार जे भयो मेरो लागि मात्र भन्दा पनि यो सिंगो दलित समुदायमाथि गरिएको उपेक्षामा रुपमा लिनुपर्छ। एउटा न्यून वर्ग र समुदायबाट निरन्तर रुपमा पार्टीमा त्याग समर्पण गरिँदा अवसर पाउने बेलामा विमुख बनाउनुलाई अझै पनि मेरो समुदाय र यो समुदायबाट प्रतिनिधित्व गर्नेहरुलाई कसरी हेरिँदो रहेछ भन्ने राम्रोसँग अनुभूत गरेको छु। झण्डै ४२ वर्षसम्म राजनीतिक रुपमा सक्रिय भइरहँदा यो पल निकै पीडादायी र अन्यायपूर्ण रहेको ठान्दछु। 

आफूलाई पार्टी र सहकर्मीबाट धोका अर्थात् अन्याय भयो जस्तो लागेको छ? 

corrent noodles
Metro Mart

म एउटा व्यक्तिलाई गरिएको छलमात्र हैन यो, समुदायमाथिको अन्याय हो। मलाई त के नै हुन्थ्यो होला र? केही दिन गाडीमा झण्डा हल्लाएर हिँडेको देख्नुहुन्थ्यो तर समुदाय र यो प्रदेशका विकासको पक्षमा मैले गर्न सक्ने योगदानबाट अलग्याउने काम त अन्याय नै हो नि। यो घटना समीक्षा गर्नुपर्ने विषय पनि हो जस्तो लाग्छ। 

पूर्वनिश्चित मन्त्रीहरुकै लिस्टबाट आफ्नो नाम अन्तिम समयमा किन काटियो जस्तो लाग्छ? 

यो विषयमा त्यति धेरै बोल्नुपर्छ जस्तो मलाई लाग्दैन। सवैलाई थाहा भैसक्यो। यसबीचमा जति पनि जानकार र मिडियाले सवैकुरा बाहिर ल्याइसकेको छ। प्रमुख विषय ममाथि पूर्वाग्रह राख्ने साथीहरु र पार्टी भित्र मौलाएको गुट उपगुटको असर हुनसक्छ। 

पार्टीभित्र नै रामचन्द्र पौडेल पक्षलाई कमजोर देखाउन खेलिएको खेल हो भन्ने लाग्छ? 

पार्टीमा राचन्द्र पौडेलको जुन किसिमका छवि छ त्यसका विरुद्ध लाग्नु  त पार्टीका लागि निकै घातक हुन्छ भन्ने मैले बुझेको छु। किन त्यस्तो अस्वस्थ खेल खेल्नुपर्याे? यो जरुरी पनि छैन। म त पार्टीमा आफ्नो योगदानलाई सम्मान गरिएको भन्नेमा ढुक्क थिएँ। यसरी खेल खेल्नु नै थियो भने त मलाई कुनै जानकारी नै नदिएको भए हुने थियो। मेरो स्वाभावले पनि यो सब हुन दिँदैनथ्यो। म जहिले पनि शान्तिको पक्षमा रहेँ, रिजर्भ नै बसेँ, त्यस्तो छक्कापञ्जा गर्न पनि कहिल्यै जानिएन। 

निष्ठाको राजनीति गर्नेहरुलाई समुदाय र आर्थिक पक्षले पनि असर पर्दाे रहेछ राजनीतिमा भनेर बुझ्न सकिन्छ? 

त्यस्तो हुनु हुँदैन तर यस्तो भएको छ भनेर सहजै अनुमान लगाउन सकिन्छ। निष्ठाको राजनीति गरेँ। पार्टीले योगदानको सम्मान गरेन तर एक दिन यो विषयले पार्टी पंक्तिमा स्थान पाँउछ। बलजफ्ती गर्ने र अर्थले सम्पन्न हुनेहरु पार्टीमा हावि हुने भने हाम्रो पार्टी नेपाली कांग्रेसमात्र होइन, कुनै पनि पार्टीमा लगनशिल भएर लाग्ने नेता कार्यकर्ताको अभाव हुनेछ। अन्ततः पार्टीको भविष्य रहँदैन। अव मेरै कुरा गर्ने हो भने पनि न्यून वर्गीय समुदायबाट राजनीतिमा लागेको, त्यस्तो सम्पन्न परिवारबाट पनि हैन फेरि चरित्र पनि बलमिच्याइँ गर्ने स्वाभाव ममा छैन र यो पक्ष राजनीतिका लागि नकरात्मक हो भन्ने पनि मलाई लाग्दैन। 

राजनीतिमा बेला बखत हुने यस्ता घटनाले भविष्यमा कस्तो प्रभाव पार्छ ? 

पार्टीमा सच्चा कार्यकर्ताको अभाव हुने अवस्था यस्ता घटनाले निम्त्याउने हो। पार्टी सञ्चालनका लागि सवैखाले स्वभाव चरित्र भएका नेता कार्यकर्ता हुनुपर्छ तर नेतृत्वमा पार्टीको साख जोगाउनका लागि उचित निर्णय गर्नसक्ने क्षमता हुनुपर्छ। यसरी एउटा पक्षले पार्टी र राजनीतिमा प्रभाव देखाउने वा पार्ने विषयले हामी जस्ता कार्यकर्ता तहमा नैराश्यता बाहेक के हुन सक्छ। 

अबको दिनमा कांग्रेसको राजनीतिमा तपाईंको भूमिका कस्तो रहन्छ ?

पार्टीभित्र देखिएको यस किसिको क्रियाकलापको विरोध गर्नुपर्ने आवश्यकता छ। त्यस्तो सार्वजनिक रुपमा विरोधका भाषा र कार्यक्रमहरु गर्नु एक कार्यकर्ताका लागि उचित होइन। पार्टीले जुन तरिकाले बोलेको छ सोही कुरालाई व्यवहारमा देखाउनु जरुरी छ। दलितको पक्षमा, महिलाको पक्षमा र यो विषम परिस्थितीलाई टार्न प्रदेश सरकार जे बोलेको छ त्यो हुनुपर्छ। यो विषयमा म एक पार्टीका सदस्य तथा प्रदेशसभा सदस्य भएको नाताले बोलिएका कुरा पूरा नहुँदा र पार्टीको  सिद्धान्त विपरित भएका कार्यहरुको सदनबाटै पनि विरोध हुन्छ।

प्रकाशित: Jul 31, 2021| 11:05 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।