शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको बृहत्तर हितमा लाग्न प्रहरीलाई आईजीपीको निर्देशन

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको बृहत्तर हितमा लाग्न प्रहरीलाई आईजीपीको निर्देशन

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको बृहत्तर हितका लागि अग्रसर हुन सबै प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको बृहत्तर हितका लागि अग्रसर हुन सबै प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

triton college

पदोन्नति भएका एआईजी निरजबहादुर शाही, प्रद्युम्न कार्की र प्राविधिक प्रहरीतर्फ प्रहरी उपरीक्षकमा पदोन्नति भएका पशुपति कुमार राय र श्याम कुमार मण्डललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै थापाले यस्तो निर्देशन दिएका हुन्।

‘पदोन्नति पश्चात प्रहरी अधिकृतहरुबाट आ–आफ्नो दक्षता अनुरुप थप उर्जासहित व्यावसायिक सेवाको अपेक्षा संगठनले लिएको छ,’ उनले भने, ‘सामूहिक नेतृत्व सदैव संगठनको हितमा लाभकारी हुन्छ।’

प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति पश्चात नेतृत्व तह थप बलियो भएको आईजीपी थापाको भनाइ छ। आगामी दिनमा संगठनको हितको लागिसमेत नेतृत्व तह अत्यन्तै प्रभावकारी हुने उनले बताए।

पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले आफूहरु पदोन्नति पश्चात प्राप्त जिम्मेवारीप्रति उत्तिकै गम्भीर र इमानदार रहेको बताए।

corrent noodles
Metro Mart

‘संगठनको नीति निर्देशन र आदेशप्रति सदैव कर्तव्यनिष्ठ रही संगठनको बृहत्तर हित र गरिमालाई थप उचाईमा लैजान मन, वचन र कर्मले कटिबद्ध रही काम गर्ने प्रतिबद्धता गर्दछौं,’ उनले भने। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति थियो।

 

प्रकाशित: Jul 29, 2020| 17:57 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।