विभिन्न प्रमाणपत्र तथा अवार्डबाट सम्मानित पञ्चकन्या गु्रुपको पीपीआर पाइपले नेपाल गुणस्तर चिन्ह एन.एस. ५५२ प्राप्त गरेको छ।
उक्त प्रमाणपत्र पाउने उक्त कम्पनी पहिलो भएको छ । विगत १३ वर्षदेखि बजारमा आएको पञ्चकन्या पीपीआर पाइप नेपाली कम्पनी हो, जसले आई.एस.ओ. ९००१ः२०१५ प्रमाण–पत्र प्राप्त गरिसकेको छ ।
निर्माण सामग्री उत्पादनको क्षेत्रमा सधैं एक कदम अगाडि भन्ने सोचले अघि बढेको पञ्चकन्या गु्रुप उत्पादनमा मात्र नभई गुणस्तरमा पनि अग्रणी हुँदै आएको छ ।