शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्जमा कोरोनाबाट मृत्यु भएका व्यक्ति व्यापारी थिए

वीरगन्जमा कोरोनाबाट मृत्यु भएका व्यक्ति व्यापारी थिए

वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा आइतबार बिहान मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा आइतबार बिहान मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ।

triton college

वीरगन्ज आदर्शनगर निवासी ६५ वर्षीय वृद्धको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो। मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको कोरोना अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिए ।

मुटु तथा मधुमेह रोगले ग्रसित ती वृद्धलाई श्वासप्रश्वासमा समस्या देखिएपछि नारायणी अस्पतालको इमर्जेन्सी वार्डमा राखी उपचार गर्नुको साथै आरडीटी चेक गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। त्यसपछि उनलाई तत्काल नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

उनले आदर्शनगरमा व्यापार सञ्चालन गर्दै आएका थिए। मृतक भारतीय नागरिक हुन्।

प्रकाशित: Jul 27, 2020| 06:01 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।