बुधबार, वैशाख १२, २०८१

सीमानाकामा थप कडाइ गर्न मुख्यमन्त्रीको निर्देशन

मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

जनकपुर- मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

triton college

आज (आइतबार) सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्न थालेकाले सीमानाकामा थप कडाइ गर्न निर्देशन दिए।

प्रदेश नं २ को सीमावर्ती जिल्लामा लुकीछुपी भित्रिने गरिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले तीनवटै सुरक्षा निकायलाई सीमानाकामा थप कडा गर्नुपर्ने बताए।

बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको कोरोना संक्रमितहरु देखिन थाले पनि यसबाट जोगिन अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग सुझावसमेत लिएको मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले जानकारी गराए।

कोरोना नियन्त्रणका लागि प्रदेश सरकारबाट भए/गरेको कामकाजको प्रगतिबारे जानकारी लिदै मुख्यमन्त्री राउतले रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिए।

corrent noodles
Metro Mart

बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलसहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु र सुरक्षा निकायका प्रमुखहरु उपस्थिति रहेको थियो। रासस

प्रकाशित: Jul 26, 2020| 20:24 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।