काठमाडौं- एएफसी एसियन कप छनोट अन्तर्गत क्वालिफयार राउन्डमा नेपाल र फिलिपिन्सको खेल सुरु भएको छ। उज्वेकिस्तानको तास्केन्दमा नेपाल र फिलिपिन्सले समूह चरणको पहिलो खेल सुरु गरेका हुन्।
समूह एफ अन्तर्गत नेपाल, फिलिपिन्स र हङकङ छन्। जसमध्ये पहिलो खेलमा नेपाल र हङकङ भिड्दैछन्। क्वालिफायर राउन्डको समूह विजेताले अर्को वर्ष भारतमा हुने एएफसी एसियन महिला कप फुटबल खेल्ने पाउनेछ।