बिहीबार, वैशाख १३, २०८१

‘न्यायालयको आँखामा पट्टी त रहेछ तर हातमा तराजु रहेनछ’

सर्वोच्च अदालतको फैसलाले न्यायालयकै गरिमामा असर पुर्‍याएको भन्दै मानवअधिकारकर्मी तथा अधिकारकर्मीहरुले समेत महान्यायाधीवक्ता अग्नीप्रसाद खरेललाई भेटेर ध्यानाकर्षण गराइसकेका छन्।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं– श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजाय भोगिरहेका थिए, सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रन्जन कोइराला। काठमाडौं जिल्ला अदालत र उच्च अदालतले उनलाई जन्मकैदको फैसला गरेको थियो।

triton college

गएको असार १५ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको एक फैसला आयो, जसले कोइरालाको कैद समय घटाइदियो।
सर्वोच्चको फैसलाअनुसार हिजो (बिहीबार) कोइराला जेलबाट रिहा भए। डिल्लीबजार कारागारबाट बाहिरिँदै गर्दा कोइरालाले विजयी भावमा हात हल्लाएको फोटो अहिले भाइरल भएको छ।

हत्या आरोप प्रमाणित भएर जन्मकैदको सजाय पाएको अपराधी साढे ८ वर्षमै रिहा भएपछि सिंगो समाज नै झस्किएको छ।

सर्वोच्चको फैसला कार्यान्वयन भएसँगै सामाजिक सञ्जाल तरंगित बनेको छ। गम्भीर प्रकृतिको अपराधमा पनि सर्वोच्च अदालत त्यसमा पनि प्रधानन्यायाधीश नै रहेको इजलासबाट भएको फैसलाले समग्र न्यायालयबाट हुने गरेका फैसलाका विषयमा पनि प्रश्न तेर्सिएको छ।

कोइराला जेलबाट रिहा भएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भटट्राईले ट्विटरमा लेखेका छन्, ‘पत्नीको हत्या गर्ने डिआइजी अदालतबाट सजाय कटौती गराएर विजयी राजनेता झैं हात हल्लाउँदै निस्कन्छ। जाँड खाएर गाडी चलाउँदा सडकपेटीमा मान्छे मार्ने धनाढ्यको छोरो अदालतबाट धरौटीमा रिहा हुन्छ। सांसद अपहरण गर्ने पूर्व आईजीपी विरूद्ध सरकारले मुद्दै चलाउँदैन। यो असफल राज्यको लक्षण नभए के हो ?’

corrent noodles
Metro Mart

सर्वोच्च अदालतको फैसलाले कोइराला छुटेको दिन यस्तो ट्विट गरेका बाबुरामले त्यसको भोलिपल्ट अर्थात् आज अर्को ट्विट गर्दै न्यायाधीशमाथि महाअभियोग लगाउन आग्रह गरेका छन्। उनले भनेका छन्, 'देश गम्भीर संकटतिर जाँदैछ। लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं -

१ संसद अधिवेशन बोलाऊँ
२ केपी ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं
३ अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ
४ भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं
५ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ

सत्तारुढ दल नेकपाकी सांसद रामकुमारी झाँक्रीले लेखेकी छन्, ‘आफ्नै श्रीमतीको विभत्स हत्या गरी लास नै नष्ट गरेका सशस्त्रका पूर्व डिआइजी रन्जन कोइरालालाई सर्वस्व सहित जन्मकैदको फैसला भएको थियो। हालै सम्मानित सर्बोच्च अदालतले कोइरालालाई ८ वर्षमै जेलमुक्त गर्ने फैसला दियो। आज उनी छुटे। बच्चाहरूको अभिभावकत्वको लागि भनेर उनको सजाय घटाइएको थियो । तर छुटेपछि उनलाई लिन उनका बच्चाहरू होइन, हत्याकाण्डको पृष्ठभूमिको पात्र जेल बाहिर उनलाई स्वागत गर्न बसेको देखियो। न्यायालयले विवेक प्रयोग गर्छ भन्ने मान्यता नराम्रोसँग खण्डित भएको छ। अदालतप्रतिको जनताको विश्वास मर्न नदिन यो मुद्दाको न्यायिक पुनरावलोकन होस्।’

उनले लेखेझैँ सर्वोच्चले गरेको फैसला सरकारी पक्षलाई पनि चित्त बुझेको छैन। कोइराला रिहा भएकै दिन महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमै पुनरवलोकनको निवेदन दर्ता गराएको छ। संविधानको धारा १३३ (४) ले सर्वोच्च अदालतलाई आफ्नो अन्तिम फैसलाको पनि पुनरवलोकन गर्ने संवैधानिक अधिकार दिएको छ।

पुनरवलोकन गर्ने उक्त संवैधानिक अधिकारमा यसअघि फैसला गर्ने न्यायाधीशले भने उक्त मुद्दाको सुनुवाइ गर्न पाउँदैनन्। न्याय प्रशासन ऐन २०७३ को दफा ११ मा मुद्दाको फैसला भइसकेपछि उक्त मुद्दामा असर पार्ने कुनै नयाँ प्रमाण भेटिएमा वा सर्वोच्च अदालतबाट स्थापित नजीरको प्रतिकूल फैसला भएमा पुनरवलोकन गर्न सक्ने कानुनी व्यवस्था छ।

असार १५ मा प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजालसले गरेको मुद्दामा मुलुकी ऐनको दफा १८८ र फौजदारी कसूर, सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १७ ‘क’ अनुसार सजाय घटाइएको भनिएको थियो। तर, महान्यायाधिवक्ताको कार्यालयले यो कार्यविधि कानुनको विषय भएकाले खारेज भइसकेको मुलुकी ऐनको दफा आकर्षित नहुने दाबी पनि पुनरवलोकनका लागि आग्रह गरेको छ। कानुनको त्रुटिपूर्ण प्रयोग गरेर नै सर्वोच्च अदालतले सजाय कम गरेको ठहर महान्यायाधीवक्ता कार्यालयको छ।

सर्वोच्च अदालतको फैसलाले न्यायालयकै गरिमामा असर पुर्‍याएको भन्दै मानवअधिकारकर्मी तथा अधिकारकर्मीहरुले समेत महान्यायाधीवक्ता अग्नीप्रसाद खरेललाई भेटेर ध्यानाकर्षण गराइसकेका छन्।

सामाजिक सञ्जालमा नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाल लेख्छन्, ‘अदालतले फैसला गर्छ। न्याय–अन्याय त हामी नांगो आँखाले छुट्याउन सक्छौं। रन्जन कोइराला र पृथ्वी मल्ल अपवाद होइनन्। मृतकको आत्मा हुन्छ भने त्यसले न्यायमूर्तिलाई पक्कै चिन्ला। न्यायको प्रतीकका रूपमा चिनाउँदा आँखामा पट्टि बाँधेर हातमा तराजु समातेको चित्र चिनाइन्छ। तर, हाम्रो न्यायालयको आँखामा पट्टि रहेछ, हातमा तराजु रहेनछ।’

पत्रकार किशोर नेपाल लेख्छन्, ‘भर्खरै जेलबाट छुटेका सशस्त्रका डिआइजीको स्टाइल नेताको जस्तो, जिउडाल चाहिँ डनको जस्तो रहेछ। देख्दै कु्रर लाग्ने त्यस्तो मानिसप्रति पनि दया जाग्ने कति कमलो मन रहेछ प्र्रधानन्यायाधीश चोलेन्द्र श्रीमानको। कलियुगको न्याय पनि देखियो।’

जेलबाट रिहा हुँदा कोइरालालाई स्वागत गर्न उनकै प्रेमिका भनिएकी तारा रेग्मी बा १८ च ५४१७ नम्बरको कार चलाएर डिल्लीबजार कारागार पुगेकी थिइन्। सर्वोच्च अदालतले अभिभावक विहीनताका कारण रञ्जन–गीताबाट जन्मेका दुई जना छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षा दीक्षामा अन्योल हुन गई उनीहरुको हितमा समेत दूरगामी प्रभाव पर्न जाने भन्दै रन्जनको सजाय घटाइदिएको भने पनि बिहीबार कोइराला रिहा हुँदा सन्तान र परिवारका अन्य कोही पनि सदस्य कारागार पुगेका थिएनन्।

सर्वोच्चको फैसलाले रन्जनलाई जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने भन्ने ठहर गरेको छ।

पत्रकार बसन्त बस्नेत लेख्छन्, ‘अड्डा अदालतमा बसेर खुलमखुल्ला आतंक मच्चाउँदै छन् श्रीमानहरू। अख्तियार दुरुपयोग, अपारदर्शी कदमले सम्पूर्ण सीमा नाघ्दा हामी चुप ? कस्तो विषाक्त मौनता ? हिजोको हत्या आतंकभन्दा पनि हानिकारक मौनता। अलिअलि गर्दै लोकतन्त्रको प्राण उड्दै छ। हामी प्रत्येकको परीक्षा हुँदै छ।

काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ७ गते कोइरालालाई पत्नी हत्याको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो। त्यसविरुद्ध उनी उच्च अदालतमा पुनरावेदन गर्न पुगेका थिए। उच्चले पनि २०७२ मंसिर २३ मा जिल्लको फैसला सदर गरेको थियो। त्यसपछि फेरि उनी सर्वोच्च अदालत पुगे सर्वोच्च अदालतले पनि उनलाई दोषी ठहर गर्‍यो।

अहिले फेरि कोइरालालाई राहत दिने गरेर जन्मकैदको फैसला बढी हुन जाने भन्दै सर्वोच्चले नै सजाय घटाउने फैसला भएपछि उनी ८ वर्ष ६ महिना कैद भुक्तान गरेर रिहा भएका हुन्।

सशस्त्रका पूर्व डिआइजी रन्जन र गीता ढकालको २०५० सालमा मागी बिहे भएको थियो। शुरुवातदेखि नै उनीहरुबीचको सम्बन्धमा केही तिक्तता सुरु भएको बताइन्छ। उनीहरुबाट दुई छोराको जन्म भयो।

चितवनकी तारा रेग्मीसँग रन्जनले सम्बन्ध बढाएको थाहा पाएपछि उनको पारिवारिक सम्बन्ध बिग्रँदै गयो। उनीहरु त्यसपछि अलग्गै बस्न थाले। रन्जन नेशनल डिफेन्स कोर्सका लागि २०६८ भदौमा चीन गएका थिए। पुसमा उनी त्यहाँबाट फर्किए। यही बीचमा गीताले मानाचामल भराइ पाउँ भन्दै मुद्दा दिइन्। त्यसपछि उनले गीताको हत्या योजना बनाएको अनुसन्धानबाट खुलेको छ।

रन्जन र गीताको सम्बन्ध राम्रो नभएको थाहा पाएको ढकाल परिवार चिन्तित थियो। त्यहीबीचमा गीता सम्पर्कविहीन भइन्। छोरी सम्पर्कविहीन भएपछि गीताका बुबा प्रहरीमा पुगे र महानगरीय प्रहरी परिसर काठमाडौंमा २०६८ माघ ६ गते जाहेरी दिए। त्यसको दुई दिनपछि गीताको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खबर पाए बुबा हरेरामले। त्यसपछि छोरीको हत्यामा जिम्मेवार रहेको भन्दै रन्जनविरुद्ध अर्को जाहेरी दिए।

प्रहरीले अनुसन्धान गर्ने क्रममा रन्जनले पुस २७ मा नै गीताको हत्या गरेर मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपथको मेत्राङ भन्ने स्थानमा जलाएको निष्कर्ष निकालेको थियो। पुस २८ जलाइएको स्थानबाट प्रहरीले शरीरका केही अंग फेला पारेर डीएनए परीक्षणका लागि पठायो।

त्यसको रिपोर्टमा गीताकै शव भएको पुष्टि भएको थियो। रन्जनले नै हत्या गरेर जलाएको निष्कर्षमा पुगेको प्रहरीले माघ ८ गते कोइरालाले नै चलाएको बा ८ च ५४०८ नम्बरको कारसहित उनलाई नागढुंगाबाट पक्राउ गरेको थियो।

प्रकाशित: Jul 24, 2020| 09:02 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।