बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • लाजियोको जितसँगै ‘सिरी ए’बाट च्याम्पियन्स लिग खेल्ने ४ टिमको टुंगो

लाजियोको जितसँगै ‘सिरी ए’बाट च्याम्पियन्स लिग खेल्ने ४ टिमको टुंगो

इटालियन सिरी एको गएराति सम्पन्न खेलमा चौथो स्थानको लाजियोले घरेलु मैदानमा क्यालिग्रीविरुद्ध २–१ गोलअन्तरले जित निकालेको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

इटालियन सिरी एको गएराति सम्पन्न खेलमा चौथो स्थानको लाजियोले घरेलु मैदानमा क्यालिग्रीविरुद्ध २–१ गोलअन्तरले जित निकालेको छ।

triton college

लाजियोको स्टेडियो ओलम्पिकाओ रंगशालामा भएको खेलमा सेर्गेज मिलिन्कोभिक–साविकले र साइरो इमोबाइलले गोल गरे।

पाहुना टोली क्यालिग्रीका गिओवान्नी साइमोनले ४५ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा अग्रता बनाएको भए पनि लाजियोका साविकले ४७ औं मिनेटमो सो अग्रता तोड्दै खेललाई बराबरीमा ल्याए।

६० औं मिनेटमा इमोबाइलले गोल गरेपछि भने लाजियोले जित सुनिश्चित गर्यो। जितसँगै ७२ अंक बनाएको लाजियो अंकतालिकाको चौथो स्थानमा छ। त्यस्तै पराजित क्यालिग्री ४२ अंकका साथ १३ औं स्थानमा छ।

चौथो स्थानमा रहेको लाजियोको शीर्ष चारमा पर्ने सम्भावना पक्का भइसकेको छ। पाँचौ स्थानको रोमाको तीन खेल बाँकी रहँदा ६१ अंक मात्र छ। रोमाले अबका सबै खेल जितेमा ७० अंक बनाउने छ। यो लाजियोको हालको अंकभन्दा २ अंक कम हो।

corrent noodles
Metro Mart

यसका साथै सिरी ए बाट आगामी च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने टिमको टुंगो लागेको छ। जसमा युभेन्टस, एटलान्टा, इन्टर मिलान र लाजियो छन्। यता युरोपा लिग खेल्ने टिमको भने टुंगो लागिसकेको छैन।

सिरी एमा आज दोस्रो स्थानको एटलान्टाले छैटौं स्थानको एसी मिलानको मैदानमा घरेलु टिमसँग प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित: Jul 24, 2020| 07:55 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।