शनिबार, वैशाख ८, २०८१

कोरोनाबाट २४ घण्टामा विश्वभर ७ हजारको मृत्यु

कोरोनाबाट पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७९ हजार ७ सयभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने ७ हजार ११३ जनाको मृत्यु भएको छ ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७९ हजार ७ सयभन्दा धेरै संक्रमित थपिएका छन् भने ७ हजार ११३ जनाको मृत्यु भएको छ ।

triton college

एकै दिनमा यति ठूलो संख्यामा संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि जुलाई १६ अर्थात् साउन १ गते २ लाख ४९ हजार ६ सय ६८ जना संक्रमित थपिएका थिए । उक्त रेकर्ड तोड्दै यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट दैनिक ४, ५ हजारले ज्यान गुमाउने गरेकोमा पछिल्लो २४ घण्टाम ७ हजार १ सय १३ जनाको मृत्यु भएको छ । यो पछिल्लो तीन महिनायताकै सबैभन्दा धेरै संख्या हो ।

यसअघि अप्रिल २१ मा ७ हजार २ सय ३६ जनाको मृत्यु भएको थियो भने अप्रिल १७ मा अहिलेसम्मकै सबैभन्दा बढी ८ हजार ४ सय ९१ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ७१ हजार ९ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार २ सय ५ जनाको मृत्यु भएको छ ।

corrent noodles
Metro Mart

ब्राजिलमा ६५ हजार ३ सय ३९ जना संक्रमित थपिँदा १ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । भारतमा ४५ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि हुँदा १ हजार १ सय २० जनाको मृत्यु भएको छ।

यस्तै दक्षिण अफ्रिकामा १३ हजार १ सय ५०, कोलम्बियमा ७ हजार ३ सय ९०, मेक्सिकोमा ६ हजार ८ सय ५९, अर्जेन्टिनामा ५ हजार ७ सय ८२, पेरुमा ४ हजार ४ सय ६३ मा संक्रमण पुष्टि भएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या भने ढेड करोड नाघेको छ । जोन हपकिन्स विश्वविद्यालयका अनुसार १ करोड ५० लाख ७७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ६ लाख २० हजार २ सय ५७ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jul 23, 2020| 07:56 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।