बुधबार, वैशाख १२, २०८१

नेपालमा कोरोनाबाट पहिलो पटक विदेशीको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ।

triton college

पोखरामा काम गर्दै आएकी एक चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

केही समयअघि बिरामी भएपछि ती महिलालाई पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हेलिकोप्टरमार्फत् ल्याएर काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।

मन्त्रालयका अनुसार ग्राण्डी अस्पतालमा ल्याएपछि उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि महारागंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो।

उनको उपचारका क्रममा आज (बुधबार) मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

corrent noodles
Metro Mart

यस्तै आजै धरानमा एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाको जनकपुरधाम उप महानगरपालिकाका ६० वर्षीय पुरुषलाई खोकी लाग्ने, उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या लगायतका लक्षण देखिएपछि केही समयअघि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।

उनको आईसियुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो। मृत्यु भएपछि गरिएको पीसीआर नमुना परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

आज थपिएका दुईसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

प्रकाशित: Jul 22, 2020| 16:42 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।