शनिबार, वैशाख ८, २०८१

कर्णालीमा थप २२ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा आज २२ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये १६ जना दैलेख र ६ जना कालिकोटका छन्।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज २२ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये १६ जना दैलेख र ६ जना कालिकोटका छन्।

triton college

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७८३ जना पुगेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार कालिकोटको संक्रमितमध्ये रास्कोट नगरपालिका वडा नं. २ का ४ जना र वडा नं. ८ का १ जना छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणले संक्रमण पुष्टि गरेको हो।

त्यस्तै दैलेखको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पुष्टि भएकामध्ये ठाँटीकाँध गाउँपालिका वडा नं. १ र ३ का २-२ जना, वडा नं. २ का ६ जना, वडा नं. ४ का १ जना र वडा नं. ६ का ५ जना छन्।

मन्त्रालयका अनुसार आजै सुर्खेतको प्रदेश अस्पतालबाट ३ जना, वीरेन्द्रनगर आइसोलेसनबाट ५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ५ जना गरी कुल १३ जना डिस्चार्ज भएका छन्।

corrent noodles
Metro Mart

यो सँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १ हजार ५४६ जना पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

प्रकाशित: Jul 22, 2020| 14:47 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।