बिहीबार, वैशाख १३, २०८१

कांग्रेस काठमाडौंको वडा अधिवेशन असोज ५ मा हुने

नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ। सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको हो। 

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्ग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको जानकारी दिए। 

काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन्। काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वडा छन्। काठमाडौंमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन्। रासस 

प्रकाशित: Sep 18, 2021| 09:18 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...