बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशमा कोरोना संक्रमित पुरुषभन्दा महिला बढी, कुन जिल्लामा कति ?

गण्डकी प्रदेशमा कोरोना संक्रमित पुरुषभन्दा महिला बढी, कुन जिल्लामा कति ?

पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या १ हजार ३२० पुगेको छ ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

गण्डकी प्रदेशमा कोरोना संक्रमित पुरुषभन्दा महिला बढी, कुन जिल्लामा कति ?

triton college

संक्रमितमध्ये पुरुष १ हजार १५८ छन् भने महिला १६२ छन् । कुल संक्रमितको संख्यामध्ये सक्रिय केस २९६ छन् भने निको भएर घर फिर्ता हुनेको संख्या प्रदेशमा १ हजार २० पुगेको छ । कोरोनाका कारण हालसम्म प्रदेशमा ४ जनाको मृत्यु भएको छ ।

प्रदेशमा सबैभन्दा बढी संक्रमित नवलपरासी पूर्वमा भेटिएका छन् । त्यहाँ संक्रमितको संख्या २ सय ५८ पुग्दा निको भएर घर फिर्ता हुनेको संख्या १ सय ५७ छ । सक्रिय केस १ सय ४१ रहेको स्वास्थ्य निर्देशनालय सोमबार बेलुका जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बाग्लुङ जिल्लामा संक्रमित संख्या २ सय २३ पुग्दा निको भएर घर फिर्ता हुनेको संख्या २ सय ३ रहेको छ । जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ भने सक्रिय केस १९ छन्। स्याङजा जिल्लामा १ सय ९८ जना कोरोना संक्रमित संख्या हुँदा निको भएर फिर्ता हुनेको संख्या

१ सय ८२ छ । सक्रिय केस संख्या १० छ भने कोरोनाका कारण स्याङजामा अहिलेसम्म दुई जनाको मृत्यु भएको छ ।

corrent noodles
Metro Mart

कोरोना संक्रमितको संख्या तनहुँ जिल्लामा हालसम्म १ सय ७३ पुगेको छ । जसमध्ये निको भएर घर फिर्ता हुनेको संख्या १ सय ३७ छ । सक्रिय केस ३६ छन् । गोरखा जिल्लामा संक्रमितको संख्या १ सय २ पुग्दा निको हुनेहरुको संख्या ९० पुगेको छ । कोरोना भाइरसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ भने सक्रिय केस संख्या ११ रहेको छ ।

यस्तै, कास्की जिल्लामा ९९ जनामा कोरोना संक्रमण फेला पर्दा निको भएर घर फिर्ता हुनेहरुको संख्या ८० रहेको छ । जिल्लामा सक्रिय केस संख्या १९ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । पर्वतमा कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । जसमध्ये निको हुनेहरुको संख्या ९१ छ । सक्रिय केस संख्या मात्र ५ रहेको छ ।

लमजुङमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ९३ पुगेको छ । निको भएर जानेहरु ४४ जना रहेका छन् । बाँकी ४९ जना सक्रिय केस हुन् । म्याग्दी जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ४० पुगेको छ ।

जसमध्ये निको भएर घर फिर्ता हुनेको संख्या ३४ छ भने सक्रिय केस संख्या ६ रहेको छ । मनाङ र मुस्ताङ जिल्लामा एक एक जना संक्रमित संख्या भेटिएका छन् । उनीहरु निको भएर घर फिर्ता भइसकेको स्वास्थ्य निर्देशनालयले बताएको छ ।

प्रकाशित: Jul 21, 2020| 10:39 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।