बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • खासाको ‘केरुङ च्छो’ पोखरी भरिएर फुट्ने खतरा, भोटेकोसीमा बाढीको त्रास

खासाको ‘केरुङ च्छो’ पोखरी भरिएर फुट्ने खतरा, भोटेकोसीमा बाढीको त्रास

चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ नामको पोखरीमा पानी भरिएपछि फुट्ने खतरा बढेको छ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

काठमाडौं- चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ नामको पोखरीमा पानी भरिएपछि फुट्ने खतरा बढेको छ।

triton college

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज एक सूचना जारी गर्दै उक्त पोखरी भरिएर फुट्ने खतरा बढेकाले भोटेकोसी नदीमा आकस्मिक रुपमा पानीको बहाव बढ्न सक्ने भन्दै सचेत गराएको छ।

प्रशासनले भोटेकोसीमा पानीको बहाव अत्यधिक बढ्ने भई नदी किनारमा रहेका भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिकालगायत स्थानीय तहका बजार तथा बस्तीहरुलाई बगाउन सक्ने र ठूलो क्षति पुर्याउन सक्ने सम्भावना रहेको भन्दै सचेत गराएको हो।

सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी अपनाउन र भोटेकोसी किनारका बस्तीका सर्वसाधारणलाई तत्काल उक्त क्षेत्र छोडी सुरक्षित ठाउँमा जाने व्यवस्था मिलाउन जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले अनुरोध गरेको छ। 

सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले भनेका छन्, 'भोटेकोसी किनारको बस्तीका सर्वसाधारणलाई तत्काल उक्त क्षेत्र छाडी सुरक्षित ठाउँमा जाने व्यवस्था मिलाउन अनुरोध गरिन्छ।' 

corrent noodles
Metro Mart

प्रकाशित: Jul 20, 2020| 20:35 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।