शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश १ का मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी

प्रदेश १ का मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यविरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। असोज ७ गते भित्रमा विश्वासको मत नलिए असोज ८ गते संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने गठबन्धन दलको तयारी छ।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यविरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। असोज ७ गते भित्रमा विश्वासको मत नलिए असोज ८ गते संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने गठबन्धन दलको तयारी छ। 

triton college

प्रदेश सरकारले असोज २२ गते विश्वासको मत लिने तयारीका साथ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आह्वान गरेको छ। तर, विपक्षी गठबन्धन असोज ८ गतेभित्रै विश्वासको मत लिनु पर्ने बताउँदै आएको छ। 

मुख्यमन्त्रीले ८ गतेभित्र विश्वासको मत लिन नचाहे नयाँ सरकार गठन गर्न मार्गप्रसस्त गर्नुपर्ने विपक्षी गठबन्धनले जनाएको छ। सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनु पर्ने बाध्यकारी व्यवस्था अनुसार विश्वासको मत नलिए राजीनामा गर्नु उपयुक्त हुने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले बताए। उनले भने, ‘असोज ८ गतेभित्र विश्वासको मत लिने प्रक्रिया अगाडि नबढाए वा राजीनामा गरी सरकार गठनका लागि मार्गप्रसस्त नगरे अविश्वासको प्रस्ताव लैजाने तयारी छ।’ 

संविधानको धारा १८८ (२) बमोजिम मुख्यमन्त्रीले नेतृत्व गरेको राजनीतिक दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ भनी स्पष्ट लेखिएकोले अन्यथा गर्न नमिल्ने बताए।

गठबन्धन दलले असोज ८ गते भित्रमा विश्वासको मत लिनुपर्ने बताए पनि मुख्यमन्त्री आचार्यले संविधान अनुसार आफूले विश्वासको मत लिने बताएका छन्।

निर्वाचन आयोगले नेकपा एमाले विभाजन भएको औपचारिक पत्र भदौ ९ गते प्रदान गरेकोले संघ र प्रदेशमा सोही मितिबाट दल विभाजन भएको गणना हुने गठबन्धनको दाबी छ। 

corrent noodles
Metro Mart

विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गराउँदा प्रस्तावित मुख्यमन्त्री पनि उल्लेख गर्नुपर्ने हुन्छ। प्रस्तावित मुख्यमन्त्रीमा गठबन्धनका तीन दलका नेताको दाबी रहँदै आएको छ। 

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्रीको आकांक्षी देखिए पनि गठबन्धन दललाई सकस परेको छ। ठूलो दलको हैसियतले नेपाली कांग्रेसले पाउनुपर्ने कांग्रेस दलका नेता कोइराला बताउँछन्। 

गठबन्धन दलबीचमा एक खालको सहमति भइसकेकाले समाजवादीले प्रदेश सरकारको नेतृत्व पाउने पर्नेमा राई आशाबादी छन्। मुख्यमन्त्रीको दौडमा रहेको माओवादी केन्द्र दलका नेता आङ्वोले गठबन्धन दलबीचको सहमतिमा हुने बताए। 

गठबन्धन दलले असोज ८ गते भित्रमा विश्वासको मत लिनुपर्ने बताए पनि मुख्यमन्त्री आचार्यले संविधान अनुसार आफूले विश्वासको मत लिने बताएका छन्। असोज २२ गते विश्वासको मत लिनकै लागि संसद् बैठक आह्वान गरिएकाले सोही दिन विश्वासको मत लिने उनले बताए। प्रदेशसभाबाट आफूले विश्वासको मत पाउने उनको दाबी छ। मुख्यमन्त्री आचार्यले भने, ‘विश्वासको मत पाउने भएरै संसद् बैठक आह्वान गरिएको हो।’ 

९२ सदस्यीय प्रदेशसभामा विपक्षी गठबन्धनको स्पष्ट बहुमत छ। विपक्षी गठबन्धनमा रहेका कांग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जनता समाजवादी पार्टीको ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ सांसद छन्। सरकारको नेतृत्व गरेको एमालेको ४१ सांसद छन्। राप्रपाका १ सांसद छन्।

प्रकाशित: Sep 18, 2021| 07:25 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...