बुधबार, वैशाख १२, २०८१

एमालेको सहयोगविना एमसीसी पास गर्न सरकारलाई ज्ञवालीको चुनौती

नेकपा(एमाले)का नेता प्रदीपकुमार ज्ञवालीले आफूहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन्।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- नेकपा(एमाले)का नेता प्रदीपकुमार ज्ञवालीले आफूहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण : सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत भएको प्रमाणित गर्ने भए एमालेको सहयोग बिनै एमसीसी पास गर्न चुनौती दिएका हुन्। 

triton college

विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको स्मरण गरेका थिए। उनले आफूहरूले सम्झौता नगरेको तर पूर्ववर्ती सरकारका कामलाई केपी शर्मा ओली नेतृत्वको सरकारले अपनत्व ग्रहण गरेका कारण एमसीसीलाई संसद्‍ सचिवालयमा दर्ता गराएको उल्लेख गरेका थिए। उनले सम्झौता गलत भए सम्झौता किन गरेको भन्दै प्रश्न समेत गरेका थिए। 

'एमसीसी गलत भए सम्झौता किन गरेको? होइन, सही थियो भन्ने हो भने भने संसदबाट पास गर्न किन रोकिएको हो?,' पूर्वपरराष्ट्रमन्त्रीमेत रहेका ज्ञवालीले भने। एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उनले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै फुहरुको धारणा सार्वजनिक गर्ने स्पष्ट पारे। 

‘त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडी बढाऔँ भनेकै हो। किनभने दुई देशबीचको सम्झौताहरु भइसकेपछि सरकार आएपिच्छे फेर्दै जाने हो भनेदेखि त त्यो त कहिल्यैपनि दुई देशबीचका सम्बन्धहरु दिगो हुन सक्दैनन् । सरकार भनेको एउटा अविछिन्न उत्तराधिकारीवाला संस्था हो। अघिल्लो सरकारले गरेको भएपनि यसलाई अगाडी बढाऔँ भन्दा आगो बाल्नु भो उहाँहरुले,' ज्ञवालीले भने, 'सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली? सम्झौता गर्ने उहाँहरु गाली खाने हामी त्यतिबेलाका सरकारमा रहेका मान्छेहरु। यदी त्यो गलत थियो भने सम्झौता किन गर्नुभो तपाईहरुले? यदि सही थियो भने त्यसलाई पास हुनबाट रोक्नु भो किन तपाईहरुले? अनि आज प्रतिपक्षको सहयोग खोजिरहनुभएको छ। आज उहाँहरु सँग संख्या छ उहाँहरुले अगाडी बढाउने हो भने अगाडि बढाए हुन्छ। जे भन्नुपर्ला प्रस्ताव आइसकेपछि त्यति नै बेला हामीले आफ्नो पोजिसनहरु क्लियर गरौँला।’

नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताए। यसले छिमेकी राष्ट्रहरुमा देशको विश्वसनीयतालाई कमजोर गराउने उनको तर्क छ। सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा नलिएको तर सीमा समस्या नै नभएको चीनसँग भने सिमा समस्या देखाएर सम्बन्धमा चिसोपन निम्त्याउने काम गरेको आरोप लगाएका थिए। 

corrent noodles
Metro Mart

नेता ज्ञवालीले दुवै छिमेकी राष्ट्रहरुसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्ने उल्लेख गरे। 


प्रकाशित: Sep 17, 2021| 21:16 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...