बिहीबार, वैशाख १३, २०८१

ट्याक्टर दुर्घटनामा ७ मजदुरको मृत्यु (नामसहित)

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा मुत्यु भएका सात जनाको पहिचान खुलेको छ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा मुत्यु भएका सात जनाको पहिचान खुलेको छ।

triton college

भिग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका–५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, २५ वर्षीय कविराम बस्नेत र गोबद्र्धन बुढामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

दुर्घटनामा परी चालक त्रिवेणी गाउँपालिकाका रोल्पाका २५ वर्षीय कमल कुँवरको पनि मृत्यु भएको उनले बताए। स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति १२ः५५ बजेको समयमा लु२च ४२३४ नंकाे ट्याक्टर दुर्घटना भएको थियो ।

साउने सङ्क्रान्ति मानेर स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको थियो । ट्रयाक्टरमा आठ जना सवारमध्ये एक ट्याक्टरबाट हामफलेर बाँच्न सफल भएको जनाइएको छ ।

ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । शव आफन्तलाई बुझाउने तयारी भएको प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रकाशित: Jul 19, 2020| 11:21 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।