शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • मन्त्रिपरिषद् विस्तार आगामी साता, कानुनमन्त्री कार्की भन्छन्- विकासका लागि एमसीसी आवश्यक [२०७८-६-१]

मन्त्रिपरिषद् विस्तार आगामी साता, कानुनमन्त्री कार्की भन्छन्- विकासका लागि एमसीसी आवश्यक [२०७८-६-१]

दुई महिनादेखि विस्तार हुन नसकेको मन्त्रिपरिषद् आगामी साता विस्तार हुने भएको छ।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

आगामी साता मन्त्रिपरिषद् विस्तार

triton college

दुई महिनादेखि विस्तार हुन नसकेको मन्त्रिपरिषद् आगामी साता विस्तार हुने भएको छ। 

सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रिपरिषद् बिस्तार हुने जानकारी दिएका छन्। बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले पार्टीको कामको चापका कारण केहि दिन मन्त्रिपरिषद् विस्तार पर धकेलिए पनि अब भने चाडै विस्तार हुने उनले बताए। 

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा समाजवादी र जनता समाजवादीको अलमलका कारण मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन्। अब अलमल नहुने भन्दै एककिृत समाजवादीका अध्यक्ष नेपालले प्रदेश र संघीय सरकारमा चाडै पार्टी सहभागी हुने बताए। 

अध्यक्ष नेपालले सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको समेत दाबी गरे। अध्यक्ष नेपालले एमसीसीलाई पठाएको प्रश्नको जवाफ आइसकेको र त्यसको बारेमा छलफल भइरहेको बताए। जनमानसको मानसिकतालाई ध्यानमा राखेर मात्रै एमसीसीको निर्णय लिइने उनले बताए। अध्यक्ष नेपालले गठबन्धन तोड्नको लागि अहिले अनेक किसिमको दाउपेच चलिरहेको बताउँदै भ्रमपूर्ण कुराको पछि नलाग्न आग्रह गरे। उनले तत्काल कुनै पनि पार्टीसँग पार्टी एकता नहुने र पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावी मैदानमा उत्रिने बताए।

corrent noodles
Metro Mart

एमालेको भ्रममा रहेकाहरू समाजवादीमा आउँछन् : माधवकुमार नेपाल

नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन्। शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मल्लिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलो चाडो एकीकृत समाजवादीमा आउने बताएका हुन्। 

विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु समाजवादीमा रुपान्तरीत भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उनले बताए। 

अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुर्‍याउन पनि आग्रह गरे। उनले व्यवसायीहरुलाई जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउन आग्रह गरे।

विकास र समृद्धिका लागि एमसीसी आवश्यक छ : मन्त्री कार्की

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन्।

शुक्रबार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुग्नुभएका मन्त्री कार्कीले एमसीसी मुलुकको बिकास र समृद्धिका लागी आवश्यक रहेको बताए। उनले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भएपनि संसदबाट पास गराउनुपर्ने बताए। उनले एमसीसी बिकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्नु नहुने उल्लेख गरे। एमसीसी संसदबाट पास गराउनको लागि सबैबिच सहमतिको खाँचो रहेको उनको भनाइ छ। 

मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद बैठकले बजेटको विषय अघि बढाउने दाबी गरे।  संसद भित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उनले केहि दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गरे। 

कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट स्थापना भएको कार्यालयले मानव – वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै संरक्षण तथा सम्भाव्यता अध्ययनका विषयमा काम गर्ने बताइएको छ।

संसद्‍मा तेजाबसम्बन्धी विधेयक दर्ता

मन्त्रिपरिषद् बैठकले बिहीबार पारित गरेको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) सम्बन्धी विधेयक संसद् सचिवालयमा दर्ता भएको छ। 

विधेयकमा सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर तोकेका तेजाबजन्य र ज्वलनशील रासायनिक पदार्थ दुरुपयोग गरे संशोधित कानुन आकर्षित हुने उल्लेख छ। विधेयकको प्रस्तावनामै ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, प्रयोग, बिक्रीवितरण तथा त्यस्तो पदार्थको विसर्जन गर्ने कार्यलाई नियमन गरी मानव तथा जीवजन्तुका स्वास्थ्य र अन्य जैविक वा गैरजैविक वस्तुलाई पर्ने प्रतिकूल प्रभावलाई निवारण गर्न’कानुनी व्यवस्था गरिएको उल्लेख छ। 

विधेयकमा तेजाब फ्याँकी, छर्किइ, खन्याइ वा प्रयोग गरी वा सेवन गराइ अंगभंग तुल्याएमा र शारीरिक क्षति पुर्‍याएमा २० वर्षसम्म कैद सजायको व्यवस्था गरिएको  छ।  पीडितलाई पीडकबाट १० लाख रुपैयाँसम्म जरिवाना निर्धारण गर्न सक्ने भनिएको छ।

असोज १० देखि अग्रिम टिकट बुकिङ

दसैं मनाउन उपत्यका बाहिर जानेका लागि यही असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। आज भएको यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीचको बैठकले ओज १० गतेबाट टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो। 

यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुल्ला गराउने प्रस्ताव गरे पनि भाडाको विषयलाई लिएर व्यवसायी सकारात्मक देखिएका थिएनन्। प्रदेशमा पनि भाडा नबढेसम्म बुकिङ खुल्ला नगर्ने अडान लिएका व्यवसायी ब्याक भएसँगै बुकिङ खुल्ला गर्ने निर्णय भएको हो। 

सङ्घीय सरकारले पछिल्लो पटक गत असार २७ गते भाडादर समायोजन गरेको थियो। त्यसै आधारमा सबै प्रदेश सरकारले र स्थानीय तहले भाडा समायोजन गर्नुपर्ने व्यवसायीहरुको माग थियो। व्यवसायीले भाडादर समायोजन चाँडो गर्न  माग गर्दै आएका छन्।

४४ लाख डोज कोभिड खोप काठमाडौं भित्रियो

चीन सरकारसँग खरिद गरेकोमध्ये ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ।

शुक्रबार दिउँसो नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत सरकारले चीन सरकारसँग खरिद गरेको ६० लाख डोज खोप मध्ये ४४ लाख डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग नन डिस्क्लोजेवल एग्रिमेन्ट गर्दै ६० लाख डोज भेरोसेल खोप खरीद गर्ने सम्झौता गरेको थियो।

सम्झौता अनुसार १६ लाख डोज खोप भदौ ४ र ५ गते नेपाल आइसकेको छ। बाँकी रहेको ४४ लाख डोज शुक्रबार नेपाल पुगेको हो। शुक्रबार आएको खोपमध्ये बागमती, लुम्बिनी र गण्डकी गरी तीन वटा प्रदेशमा विमानस्थलबाटै खोप वितरण गरिने छ भने बाँकी प्रदेशहरुमा शनिबार वितरण गरिने छ। 

यस्तै काठमाडौं जिल्लामा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको  छ। 

पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ। निर्देशनालय अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ। वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ। यस्तै कीर्तिपुर नगरपालकिामा १० ठाउँमा दोस्रो डोज लगाइदैछ भने चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ।

काठमाडौंको नागार्जुन नगरपालिकाको १८ ठाउँ, तार्केश्वर नगरपालिकाको ११ ठाउँ, दक्षिणकाली नगरपालिकाको ९ ठाउँ, बुढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ, टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको ९ ठाउँ, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा भेरोसेल दोस्रो डोज खोप लगाउन लागिएको मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यस्तै विभिन्न अस्पतालहरुबाट पनि खोप प्रदान गरिने छ। 

कोरोनाकै अर्को प्रसंगमा पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार १२ हजार ३८५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। त्यस्तै, एक हजार ३५१ संक्रमित निको भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। यो सँगै अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १२ जनाको मृत्यु भएको छ। यस्तै हाल २५ हजार ४९७ सक्रिय संक्रमित छन्। यस्तै, काठमाडौं उपत्यकामा थप ३९७ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। 

९० दिन अन्तरिक्ष बसेर फर्किए चिनियाँ यात्री

अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वीमा फर्किएका छन्। 

चीनको अहिलेसम्मको लामो मानवसहितको अन्तरिक्ष अभियान सकेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका हुन्। चीनले पृथ्वीबाट तीन सय ८० किलोमिटर माथि बनाएको अन्तरिक्ष केन्द्रको टियाहे मोड्युलमा ९० दिन बसेर उनीहरू पृथ्वीमा फर्किएका हुन्।

चिनियाँ अन्तरिक्षयात्रीहरू न्ये खाइसङ, ल्यु बोमिङ र टाङ हङ्बो हिजो शन्जो–१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए। यी तीन चिनियाँ अन्तरिक्षयात्रीले शुक्रबार स्थानीय समयअनुसार दिउँसो १ बजेर ३५ मिनेटमा भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन्। सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो। 

एएफसी क्वालिफिकेसन खेल्दै नेपाली महिला टोली 

नेपाली महिला फुटबल टिमले भोलि शनिबार अपराह्न पौने चार बजे एएफसी एसियन कप क्वालिफिकेसन अन्तर्गतको क्वालिफायर राउन्डमा फिलिपिन्ससँग खेल्दैछ। 

छनोट खेलमा जित निकाल्दै नेपाली टिम राम्रो सुरुआत गर्न चाहन्छ। त्यसका लागि नेपाली टिम अहिले आयोजक उज्वेकिस्तान पुगेको छ। खेलका लागि नेपाली टिमले बिहीबार पहिलो अभ्यास गरेको थियो। कोभिड–१९ महामारीको कारण खेलाडी होटल क्षेत्रमा मात्र बस्नेछन्। होटल भित्रै उनीहरुले अभ्यास गरेका थिए। 

समूह एफमा नेपालसँगै फिलिपिन्स र हङकङ छन्।  नेपालले सन् १९९९ पछि पहिलो पटक एसियन कप छनोट खेल्न लागेको हो। त्यसैले जित निकाल्न सके अर्को वर्ष भारतमा हुने एएफसी एसियन कप खेल्न पाउने छ।

प्रकाशित: Sep 17, 2021| 20:10 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।