बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • भ्रमका कारण एमालेमा केही मानिस छन्, ढिलोचाँडो एकीकृत समाजवादीमा आउँछन् : माधवकुमार नेपाल

भ्रमका कारण एमालेमा केही मानिस छन्, ढिलोचाँडो एकीकृत समाजवादीमा आउँछन् : माधवकुमार नेपाल

विगतमा एमालेभित्र बनेका समानान्तर कमिटी समाजवादीमा रुपान्तरित भइरहेको भन्दै उनले आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे। पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले उल्लेख गरेका थिए।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरु रहेको तर ढिलोचाँडो आफ्नो पार्टीमा आउने बताएका छन्। शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मल्लिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलोचाँडो एकीकृत समाजवादीमा आउने बताएका हुन्। 

triton college

विगतमा एमालेभित्र बनेका समानान्तर कमिटी समाजवादीमा रुपान्तरित भइरहेको भन्दै उनले आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे। पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले उल्लेख गरेका थिए। 

‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरु बनिरहेका छन्। हिजो हामीले २०७७ चैत्र ४ र ५ गते पश्चात बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरु रुपान्तरित भइरहेका छन्। त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन,' उनले भने, 'पुरानो पार्टी भित्रको क्रान्तिकारी धारले, नेकपा(एमाले) भित्रको क्रान्तिकारी धारले सुरु गरेको यो पार्टीको नयाँ यात्रा हो। क्रान्तिकारीहरु, परिवर्तनकारीहरु, इमान्दार र निष्ठावानहरु अहिले यो पार्टीमा आवद्ध भएका छन्। कतिपय मानिसहरु अझै त्यहाँ अल्मल्लिएका होलान्, असल मानिसहरु पनि भ्रमवश बसिरहेका होलान्। असल भावना भएका मानिसहरु पनि। ति व्यक्तिहरुले ढिलो चाडो हाम्रो यो पार्टीमा आउनैपर्छ। उहाँहरुलाई हामी स्वागत गर्नेछौँ।’

अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुर्‍याउन आग्रह गरेका थिए। उनले व्यवसायीहरुलाई जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउन आग्रह गरेका छ।

प्रकाशित: Sep 17, 2021| 18:48 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...