काठमाडौं- पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरबाट भारतीय भट्टहरु हटाउन लागेको भन्ने हल्ला निराधार भएको बताएको छ।
केही दिनयता सरकारले पशुपतिमा हाल कार्यरत भट्टहरु हटाउन लागेको भनी विभिन्न अनलाइनमा आएका समाचारप्रति पशुपति क्षेत्र विकास कोषले ध्यानाकर्षण भएको जनाउँदै हटाउन नखोजिएको स्पष्ट पारेको छ।
कोषले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोचन नरहेको स्पष्ट पारेको छ।
कोषका सदस्य सचिव डा. प्रदीप ढकालले एक विज्ञप्ति जारी गर्दै नेपाल र भारतबीच सदियौँदेखि जनस्तरसम्म धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिकरुपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल गर्न कतिपय शक्तिहरु सक्रिय रहेको भन्दै यस्ता भ्रामक समाचारका पछि नलाग्न अनुरोधसमेत गरेका छन्।
पशुपतिनाथ मन्दिरका मुल भट्टहरु भारतीय नागरिक हुन्।