शनिबार, वैशाख ८, २०८१

सुदूरपश्चिमका १६ वटा विद्यालय नमुना विकासका लागि छनोट

धनगढी– सुदूरपश्चिम प्रदेशका १६ वटा विद्यालय नमुना विकासका लागि छनोट भएका छन् ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशका १६ वटा विद्यालय नमुना विकासका लागि छनोट भएका छन् ।

triton college

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सुदूरपश्चिम प्रदेशका १६ वटा विद्यालयलाई नमुना विकासका लागि छनोट गरेको हो ।

नमुना विद्यालयका लागि छनोट हुनेमा कैलाली, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बाजुरा, बझाङ र बैतडीका दुई–दुई र दार्चुला र अछामका एक–एक विद्यालय छन् ।

छनोटमा परेका कैलालीका दुई विद्यालय बर्दगोरिया गाउँपालिका–१ मा रहेको बसन्तमुरारी माध्यमिक विद्यालय र जोशीपुर गाउँपालिका–१० मा रहेको रघुनाथ आदर्श माध्यमिक विद्यालय छन् ।

यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० मा रहेको पुनर्वास माध्यमिक विद्यालय र लालझाडी गाउँपालिका–१० मा रहेको शारदा राष्ट्रिय माध्यमिक विद्यालय पनि परेका छन्।

corrent noodles
Metro Mart

बैतडीको डिलेश्वरी माध्यमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालय, बझाङको भैरव माध्यमिक विद्यालय र कुल मष्टजन माध्यमिक विद्यालय, बाजुराको मष्टेश्वरी माध्यमिक विद्यालय र वालविकास माध्यमिक विद्यालय, अछामको जनता माध्यमिक विद्यालय र दार्चुलाको गोकुलेश्वर माध्यमिक विद्यालय, डडेल्धुराको उग्रतारा माध्यमिक विद्यालय र वालकल्याण माध्यमिक विद्यालय, डोटीको सिताराम माध्यमिक विद्यालय र खत्याडी माध्यमिक विद्यालय नमुना विकासका लागि छनोटमा परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

केन्द्रले देशभरका एक सय विद्यालय नमुना विकासका लागि छनोट गरेको छ।

प्रकाशित: Jul 16, 2020| 15:39 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्