सन् २०२२ मा कतारमा हुने पिफा विश्वकप फुटबलको खेलतालिका बुधबार सार्वजनिक गरिएको छ। विश्वकप २०२२ नोभेम्बर २१ देखि सुरु हुनेछ।
उद्घाटन खेल २१ नोभेम्बरमा कतारको समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।
फिफाले समूह चरणसहित फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो।
समूह चरणमा एकै दिन चार वटासम्म खेल हुनेछ। फाइनल खेल १८ डिसेम्बरमा नेपाली समयअनुसार राति पौने ९ बजे लुसेल रंगशालामा हुनेछ।
समूह चरणका खेल नेपाली समयअनुसार अपराह्न ४ बजेदेखि हुनेछन्। भने अन्तिम खेल राति पौने १ बजे हुनेछन्।
नेपाली समयभन्दा कतारी समय तीन घण्टा ढिलो छ।