शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रामको जन्मबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्‍नुपर्छ : वामदेव गौतम

रामको जन्मबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्‍नुपर्छ : वामदेव गौतम

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले भगवान रामको जन्म नेपालमा भएको हो भनेर दिएको अभिव्यक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नु पर्ने बताएका छन्।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले भगवान रामको जन्म नेपालमा भएको हो भनेर दिएको अभिव्यक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नु पर्ने बताएका छन्।

triton college

प्रमाणहरुबिनै दिएको अभिव्यक्तिप्रति जनमानसबाट तिखो प्रतिक्रिया उत्पन्न भएको भन्दै गौतमले यसमा ओलीले आत्मआलोचनासहित माफी माग्नु पर्ने बताएका हुन्।

गौतमले फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो विषयमा गहिरो अध्ययन गर्न तथा प्रमाणहरु जुटाउन सक्ने ठाउँमा भएका व्यक्तिले हल्का रुपमा बोलिदिँदा नेपाल र भारतमा रहेका रामका भक्तजनमा भ्रान्ति सिर्जना गराएको आरोप लगाएका छन्।

विज्ञप्तिमा गौतमले भनेका छन्, ‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु।

साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई विनम्र अनुरोध पनि गर्दछु।’

corrent noodles
Metro Mart

गौतमले दुई वर्ष पहिले ओलीसँग भेट गर्दा ओलीले यसबारे चर्चा गरेको र यस्तो प्रमाणहीन कुरा सार्वजनिक रुपमा नबोल्न आफूले सुझाएको पनि स्मरण गरेका छन्।

उनले लेखेका छन्, ‘आजभन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषयबारे चर्चा गर्नुभएको थियो। मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै बिना अनुसन्धान, बिना तथ्य–प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ। मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो। नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो।’

साथै गौतमले भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक नपर्नेसमेत उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा छन्। यथार्थवादी भएका नाताले इतिहासप्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौँ। नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रसंशा गरिरहिने छ। संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा छन्। उनीहरुको धार्मिक आस्थामा चोट पुर्याउने क्रियाकलाप गर्न कसैले हुदैन। त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर न त राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुष्कर्म गर्न हुन्न। यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौँ।’

गौतमले ओली नेकपाको अध्यक्ष र प्रधानमन्त्री भएका नाताले यसबारे सत्यतथ्य के हो भन्ने कुराको अनुसन्धान गराउने ठाउँमा भएकाले त्यस्तो लागेको हो भने अनुसन्धान गर्न सुझासमेत दिएका छन्।

प्रकाशित: Jul 14, 2020| 14:25 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।