काठमाडौं- आफैँले एक पोर्न साइट निर्माण गरी अश्लील भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन्।
चितवनकी एक १७ वर्षीया किशोरीको अश्लील भिडियो ‘ब्लुसंसार डटकम’ नामको वेबसाइटमा अपलोड गर्ने काठमाडौंको गोंगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठ पक्राउ परेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ।
ती किशोरीले आफ्नो अश्लील भिडियो अपलोड गर्ने व्यक्ति पत्ता लगाई कारवाही गरिपाउँ भनि दिएको निवेदनका आधारमा अनुसन्धान गरी श्रेष्ठलाई पक्राउ गरिएको ब्युरोका सह–निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
महानगरीय प्रहरी वृत्त दरवारमार्गले श्रेष्ठलाई नियन्त्रणमा लिई विद्युतीय कारोवार ऐन, २०६३ अनुसार नियन्त्रणमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरेको छ।