चितवन- लागतार परेको वर्षाका कारण नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सत्रकिलोमा सडक भासिएको छ ।
१.५ फिट पिच सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार सडक भासिएसँगै सवारी एकतर्फी रुपमा मात्रै सञ्चालन भएको छ ।
मर्मतका लागि समय लाग्ने भएकाले तत्काल दुईतर्फ गर्न सकिने अवस्था नरहेको उनले बताए ।
नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म बनेको छैन ।