शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अनुगमनका क्रममा ल्याएको सुन वाणिज्य विभागका निर्देशकले लुकाए

अनुगमनका क्रममा ल्याएको सुन वाणिज्य विभागका निर्देशकले लुकाए

वाणिज्य विभागका दुई तत्कालीन निर्देशकसहित तीन जना कर्मचारीले अनुगमनको सुन चाँदी लुकाएको खुलेको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

काठमाडौं- वाणिज्य विभागका दुई तत्कालीन निर्देशकसहित तीन जना कर्मचारीले अनुगमनको सुन चाँदी लुकाएको खुलेको छ।

triton college

निर्देशकहरू लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे तथा नायब सुब्बा रामबहादुर थापामगरले ३५.३४ ग्राम सुन तथा ७७.४२ ग्राम चाँदी हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ।

श्रेष्ठले २०७३ माघ ७ गते नोज पिन हाउस नयाँ सडक काठमाडौं र ३० चैत २०७३ मा दलबहादुर एन्ड सुनचाँदी पसल, दी युनाइटेड ज्वेलर्स प्रालि, गोरखा एन्ड बराह ज्वेलरी इन्डष्ट्रिज प्रालि, फेवा सन्तोष सुनचाँदी दोकान र अर्जुन पुम्दीभुम्दी सुनचाँदी पसल, पोखरामा अनुगमन गरी संकलन गरिएका गहना हिनामिना गरेको आयोगको दाबी छ।

जिल्ला प्रशासन कार्यालय, कास्कीबाट त्यसरी नमुना संकलन गरिएका गहना जफत हुने ठहर्छ भन्ने फैसला भएकोमा उनले ती सुन आफूसँगै राखेका थिए।

त्यस्तै निर्देशक हरिनारायण बेल्वासेले सूर्यबहादुर एन्ड सन्स ज्वेलर्स, ओटु काठमाडौंमा अनुगमन गरी संकलन गरिएका गरगहना काठमाडौं जिल्ला अदालतबाट अभियोग दाबी नपुग्ने गरी फैसला भए पनि फिर्ता नगरी आफूसँगै राखेका थिए।

corrent noodles
Metro Mart

हाल अवकाश पाइसकेका नासु रामबहादुर थापा मगरले ओम ज्वेलर्स, विशाल बजार, नटराज ज्वेलर्स विशाल बजार, समृद्धि ज्वेलर्स न्युरोड, श्री गणेशाय ज्वेलर्स, न्युरोड, ब्लु हर्ष ज्वेलर्स प्रालि न्युरोडबाट अनुगमनका क्रममा लिएको सुन हिनामिना गरेको अख्तियारले जनाएको छ।

लक्ष्मण श्रेष्ठको नेतृत्वमा भएको अनुगमनका क्रममा स्टोरकिपरको रूपमा आफूले जिम्मा बुझेका गहनाहरू सम्बन्धित पसलमा फिर्ता नगरी सेवा निवृत्त हुँदासम्म आफ्नो साथमा राखी उक्त सुनचाँदीका गहनाहरू हिनामिना गरेको आयोगले जनाएको छ।

लुकाइएका गहना असुलउपरको मागदाबीसहित उनीहरूविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रकाशित: Jul 12, 2020| 19:12 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।