शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोक : बाढीमा बेपत्ता हुने २० जनाको पहिचान (नामसहित)

सिन्धुपाल्चोक : बाढीमा बेपत्ता हुने २० जनाको पहिचान (नामसहित)

सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी बगाएर बेपत्ता हुनेको पहिचान खुलेको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

काठमाडौं–सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी बगाएर बेपत्ता हुनेको पहिचान खुलेको छ।

triton college

बाह्रबिसे नगरपालिकाका उपमेयर सुशीला पाख्रिनका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना बेपत्ता भएका छन्। यस्तै भोटेकोसी नगरपालिकाका ४ जना बेपत्ता भएका छन्।

बाह्रबिसेमा बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा र जनकबहादुर वाइबा छन्।

यस्तै सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ बेपत्ता भएको उमपेयर पाख्रिनले बताइन्। सुवेश तामाङ र सलिना तामाङ पनि बेपत्ता छन्।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बेपत्ता शर्मा निर्माणाधीन मध्यभोटेकोसी आयोजनाका सेक्रेटरी र केसी जाइकाका इन्जिनियर हुन्।  

भोटेकोसी गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ बेपत्ता रहेकाे डीएसपी माधवप्रसाद काफ्लेले बताए।

corrent noodles
Metro Mart

निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ। 

भोटेकोसी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बुधबार राति १० बजेदेखि अविरल पानी परेको थियो भने १२ बजेपछि भोटेकोसी नदीको दुवैतर्फ पहिरो खसेको स्थानीय बासिन्दाले बताएका छन्।

प्रकाशित: Jul 09, 2020| 14:12 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।