कर्णाली प्रदेशमा आज २० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सुर्खेतका १३ जना, दैलेखका पाँच जना र मुगुका दुई जना गरी २० जना संक्रमित थपिएका हुन्।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १५ सय ५० जना पुगेको छ ।
आज थपिएका संक्रमितमध्ये सुर्खेतको लेखबेशी नगरपालिका वडा नं ५, बराहताल गाउँपालिका वडा नं ५, वीरेन्द्रनगर नगरपालिका वडा नं ४, ६, ७ र १२ का एकएक, वीरेन्द्रनगर वडा नं ९ का पाँच जना र वडा नं १० का दुई जना छन् ।
त्यस्तै दैलेखको दुल्लु नगरपालिका वडा नं ४, १२, नौमुले गाउँपालिका वडा नं १ र ६ का एक एक जना र मुगुको सत्याड गाउँपालिका वडा नं ७ का दुइ जना छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै आज नै कर्णालीका विभिन्न आइसोलेसनबाट १६ जना डिस्चार्ज भएका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२ सय ९१ पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।