बिहीबार, वैशाख १३, २०८१

एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर

एनसेलका फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्ने भएका छन् ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

एनसेलका फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्ने भएका छन् ।

triton college

भिडियो सामग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढि लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले युट्युबको प्रयोग गर्न सक्छन् ।

एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि ‘ननस्टप युट्युब’अफर ल्याएको छ । एनसेलको ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

‘प्लस’थिमअन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले निश्चिन्त रुपमा रु १०० (कर सहित रु १२७.६९) मा एक साताभरि ४८० पीमा युट्युब भिडियो सामग्रीहरुकोे मजा लिन सक्नेछन् । साथै यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्नेछन् ।

फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबीअल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ । साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याक पनि लिन सक्नेछन् ।

corrent noodles
Metro Mart

ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरेपछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म रु २० (कर सहित २५.५३) मा ३५०० एमबि थप डेटा लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक चलाउनको लागि प्रयोग गर्न सक्नेछन् । त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबिको दरले ७ दिन सम्म ३५०० एमबि थप डेटाको मजा लिन सक्नेछन् ।

प्रकाशित: Jul 08, 2020| 05:50 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्