शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले नेता रायमाझीले भने - एमसीसी संसद्‌मा ल्याएर राष्ट्रिय सहमतिबाट अघि बढाउनुपर्छ

एमाले नेता रायमाझीले भने - एमसीसी संसद्‌मा ल्याएर राष्ट्रिय सहमतिबाट अघि बढाउनुपर्छ

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभिपापीहरुको संज्ञा दिएका छन्।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभिपापीहरुको संज्ञा दिएका छन्। 

triton college

बिहीबार रिपोर्टर्स क्लबमा पूर्वमन्त्री रायमाझीले बिना कुनै आधारमा सर्वसत्तावादी र चरम अराजकतावादी चिन्तनको आधारमा सरकार चलाउन खाजेको भन्दै वर्तमान सत्ता गठबन्धनलाई लोभिपापीहरुको संज्ञा दिएका हुन्। उनले लोभीपापीहरुको झुन्ड र व्यक्तिको स्वार्थका कारण नै दुई महिना भन्दा धेरै समयमा मन्त्रिपरिषद्ले पूर्णता नपाएका बताएका छन्। 

रायमाझीले भने, ‘लोभिपापीहरुको यो गठबन्धन हो, जसरी पनि सत्तामा पुग्‍न लोभिपापीहरु कुनै आधारबिनै गइरहेका छन्,। जनादेशको खिलाफमा जुन किसिमको एउटा सर्वसत्तावादी, चरम अराजकतावादी चिन्तनको आधारमा जुन सरकार चलाउन खोजिएको छ, त्यो नेपाली जनताले छर्लङ्ग देखेका छन्,।'

सत्ता गठबन्धन चुनावमा जानका लागि डराएको भन्दै रायमाझीले कम्युनिष्ट भन्दै कांग्रेसको घोषणा पत्र बोकेर हिँड्नेलाई कम्युनिष्ट भन्‍न नमिल्नेसमेत बताएका छन्।  उनले भने, 'को सही को गलत तुलनात्मक रुपमा विचार गर्नुपर्ने बेला भएको छ। कम्युनिष्ट हुँ भन्दै कांग्रेसको पुच्छर बनेर कांग्रेसको घोषणा पत्र बोक्नेलाई कसैले कम्युनिष्ट भन्छ ।’

राष्ट्र र जनताभन्दा आफ्नो स्वार्थ र गुटको स्वार्थ, व्यक्तिको स्वार्थको कारणले सरकार गति धिमा भएको उनको टिप्पणी छ। 

corrent noodles
Metro Mart

नेता रायमाझीले पार्टीले उठाएका माग पूरा नभएसम्म संसद अवरुद्ध गरिरहने बताए। उनले सभामुख अग्‍निप्रसाद सापकोटाले एउटै केसमा दुईवटा मापदण्ड देखाएको भन्दै सभामुखले नैतिक रुपमा राजीनामा दिनुपर्नेसमेत बताएका छन्। 

दुई महिना बितिसक्दा समेत सभामुखले नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदको नाम नटाँसेको भन्दै यो कदम सभामुखले पार्टीको कायकर्ता भएर चालेको आरोप लगाए। 

उनले सरकारले एमसीसी बारेमा आफ्नो स्थिती क्लियर गर्नुपर्ने बताएका छन् । सरकार आफैं अलमलमा रहेको भन्दै सरकारले एमसीसीबारे प्रस्ताव नै ल्याउन नसकेको टिप्पणी गरे।  एमसीसी पास गर्दा संसद्‌मा गएपछि देशको राष्ट्रिय सहमति जुटाउँदा राम्रो हुने बताए। उनले राष्ट्रिय हित विपरीतका प्रावधानलाई सच्याएर राष्ट्रिय सहमति जुटाउँदा राम्रो हुने उनको भनाइ छ। 

नेता रायमाझीले भने, ‘एमसीसीबारे सरकारले पहिला आफ्नो स्थिति क्लियर गर्नुपर्छ। सरकार आफैँ अलमलमा छ। सरकारले एमसीसीबारे प्रस्ताव नै ल्याउन सकेको छैन  प्रस्ताव ल्याउनुपर्यो नि, हामीले अहिले बोलेर केही हुने पनि हुने होइन, संसदमा गएपछि देशको राष्ट्रिय सहमति जुटाउँदा राम्रो हुन्छ, राष्ट्रिय हित विपरित्का प्रावधानलाई सच्याएर राष्ट्रिय सहमति जुटाउँदा राम्रो हुन्छ।’

मुलुकमा अहिले कुनै पनि एजेण्डा नै नभएको भन्दै उनले मुलुक अहिले पनि प्रतिगमनतिर गइरहेको बताए। उनले संसद् औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्ने औँल्याएका छन्।


प्रकाशित: Sep 17, 2021| 00:30 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...