शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपाका तीन अध्यक्षको बैठकले महाधिवेशनका विषयमा के-के निर्णय गर्‍यो?

राप्रपाका तीन अध्यक्षको बैठकले महाधिवेशनका विषयमा के-के निर्णय गर्‍यो?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको उपस्थितिमा भएको बैठकले जिल्ला तहको अधिवेशनका लागि असोज २० गतेसम्मका लागि समय थप गर्ने निर्णय गरेको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको उपस्थितिमा भएको बैठकले जिल्ला तहको अधिवेशनका लागि असोज २० गतेसम्मका लागि समय थप गर्ने निर्णय गरेको छ। 

triton college

राप्रपाको आगामी कात्तिक २७ देखि हुने महाधिवेशनलाई ध्यानमा राख्दै जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको जनाइएको छ। 

त्यसैगरि सक्रिय सदस्यता वितरण गर्ने म्याद २०७८ असोज २५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ। 

पार्टीको सांगठनिक तह निर्वाचनसम्बन्धी विनियमावली २०७७ परिच्छेद ३ को दफा १९ (ग) लाई परिमार्चन गरि, 'सम्बन्धित वडा र प्रदेशसभा निर्वाचन क्षेत्रको न्यूनतम सक्रिय सदस्य संख्या पुगेको हकमा सम्बन्धित वडाको सक्रिय सदस्यले महाधिवेशन प्रतिनिधिको चुनावमा उम्मेदवार हुन पाउनेछ। सम्बन्धित प्रदेशसभा अन्तर्गतका सबै सक्रिय सदस्यहरुले केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा मतदान गर्न पाउने' व्यवस्था गरेको छ। 

पार्टी संगठनको कुनै तहमा अध्यक्ष रहेका व्यक्ति पार्टीको कुनै संयोजित संगठनमा पदाधिकारी हुन नपाउनेसमेत निर्णय उक्त बैठकले गरेको छ। 

corrent noodles
Metro Mart

प्रकाशित: Sep 16, 2021| 18:20 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...