काठमाडौं- बागमती प्रदेशमा सोमबार ७८ जनामा कोरोना भाइरस संक्रमण भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार योसमेत प्रदेशका १३ जिल्लामा गरी संक्रमित हुनेको संख्या ६३७ पुगेको छ।
सोमबार काठमाडौंमा मात्र २४ जनामा कोरोना भाइरस पुष्टि भएको छ। ललितपुरमा २०, भक्तपुरमा १०, मकवानपुरमा ७, चितवनमा ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काभ्रेमा ४, सिन्धुपाल्चोकमा ३, सिन्धुलीमा २, दोलखामा २, धादिङमा १ र नुवाकोटमा १ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी, सम्पर्कमा रहेका व्यक्तिहरुको फलोअप र अन्य आवश्यक व्यवस्थापन कार्य भइरहेको छ।
बागमती प्रदेशमा अहिलेसम्म २११ जना कोरोना भाइरसमुक्त भएका छन्। ४२० जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने ६ जनाको मृत्यु भएको छ।
जिल्लागत रुपमा संक्रमितको विवरण
काठमाडौं : १६०
ललितपुर : ३९
भक्तपुर : ३९
रसुवा : १०
नुवाकोट : २७
धादिङ : १२३
चितवन : ८९
सिन्धुली : १७
मकवानपुर : २८
रामेछाप : २९
दोलखा : ८
काभ्रे : १२
सिन्धुपाल्चोक : ५६