शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटक आउने सहज व्यवस्था मिलाइदिन सरकारसँग होटल व्यवसायीको माग

पर्यटक आउने सहज व्यवस्था मिलाइदिन सरकारसँग होटल व्यवसायीको माग

पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्।

triton college

कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न 'अन-अराइभल'को भिसा र क्‍वारेन्टाइनका कुराहरुमा सहजता प्रदान गर्नुपर्ने माग राखेका हुन्। 

होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरुमा पर्यटकका लागि भिसा दिइरहेको बताउँदै नेपालले पनि चीन, भारत र अन्य मुलुकका पर्यटकहरु भित्र्याउन सरकारले सहजता प्रदान गर्नुपर्ने बताए।

उनले पर्यटन बजार बढाउनका लागि अब ढिला भइसकेको भन्दै सरकारले पर्यटकहरुका लागि घोषणा गरेको १० दिनको लागि पर्यटन कागज कार्यविधि बनाएर लागु गर्नुपर्ने, विदेशी पर्यटकलाई महिना दिनको फ्रि-भिसा लगायतका कुराहरुलाई कार्यविधि बनाएर तत्काल निर्णय गर्नुपर्ने व्यवसायीहरुको माग रहेको बताए। 

शाहले भने, ‘हामी सर्भिस इण्डस्ट्री हौँ, हामीले देश तथा विदेशबाट आउने पर्यटकहरुका लागि उहाँहरुले खोजेजस्तो सेवा दिन सकेनौँ भने हामीकहाँ आइरहने ग्राहकहरु हराउँछन्, जसले जति खर्च गर्नुहुन्छ, त्यो अनुसारको सेवा हामीले दिनैपर्छ, त्यसलै हामीले एकदमै कम्पिटिटिभ भएर काम गर्नुपर्छ, अहिले सबै मात्रामा कामदारहरु पनि आइरहनुभएको छैन, ठूला होटलहरुको पनि लगानी बढेर गएको देखिन्छ, बिजनेश छैन, एक,दुईवटा बिजनेश हुँदा पनि उसले घटाघट गर्ने अवस्थाजस्तो देखिएको छ, अहिले सस्तोमा गरेर भए पनि केही टिक्न सकिन्छ कि भन्‍ने हिसाबले पनि मान्छे हेरिरहेका छन्।'

corrent noodles
Metro Mart

यो विषम परिस्थिती भएकले बजार बढ्ने कामहरु गर्नुपर्नेमा उनले जोड दिएका छन्। उनले भने, 'सरकारले घोषणा गरेको कुरा पर्यटकलाई १० दिनको पर्यटन कागज भनेको छ, यसको कार्यविधि बनेको छैन, यो बनाएर तत्काल निर्णय गर्नुपर्यो, त्यस्तै विदेशी पर्यटकलाई महिना दिनको फ्रि भिसा भनेको छ, यसको पनि कार्यविधि अहिलेसम्म बनेको छैन, अक्टोबर, नोभेम्बरमा नेपाल आउन चाहने पर्यटकहरु आधाले क्यान्सिल गरिसके, किनभने हामीसँग आजको दिनसम्म अन अराइभल भिसा छैन, भिसा सहज बनाउने अवस्था छैन, धेरै मानिसहरु आउन खोज्नुभएको थियो, माउन्टेन ट्रेकिङको लागि नेपाल प्रख्यात भएकोले आउन चाहेका थिए, अहिले भ्याक्सिन लगाएका मानिसहरु हाम्रोमा आउने र हाम्रो कर्मचारी पनि भ्याक्सिन लगाइसकेको हुनाले आत्मविश्वास बढेको छ, यसलाई मध्यनजर गरेर सरकारले सक्दो चाँडो अन अराइभल भिसा, क्वारेन्टाइनका कुराहरु हटाउनुपर्छ।'

होटल पबेराका सञ्‍चालक राधेश्याम थापाले कोरोनाका कहर विस्तारै कम भइरहेकोले अब पर्यटन क्षेत्र पनि विस्तारै खुल्दै जाने बताए। उनले नेपालको सौन्दर्यताको चर्चा धेरै भएकोले अब पर्यटकहरु आउने कुरामा आशावादी रहेको बताए।

थापाले भने, ‘यो बिजनेश भनेको लगानी गर्ने बित्तिकै तुरुन्तै फाइदा हुने बिजनेश त पक्कै पनि होइन, समयले यसलाई असर गरेको छ, विस्तारै केही होला भन्‍ने आश छ, नेपाल एकदमै सुन्दर मुलुक छ। पर्यटकले पनि स्विट्जरल्याण्ड बिर्साउने देश भन्‍ने गरेका छन्, विस्तारै सबै खुल्ला भएपछि राम्रो हुनेमा आशावादी छु।’

त्यस्तै रमदा इन्कोरकी मार्केटिङ म्यानेजर प्रज्ञा खनालले कोरोनाको कारण थलिएको पर्यटन क्षेत्रले अब गति लिने बताइन्। उनले नेपालमा आउने अधिकांश पर्यटक भारत र चीनका भएकोले भारत चीनका पर्यटकहरुका लागि सहजता प्रदान गर्नुपर्ने बताइन्। 

पर्यटकका लागि सहजता प्रदान गरे मात्र पनि लाखौँ पर्यटन व्यवसायीहरुको जनजीवनमा परिरहेको संकट टर्ने भन्दै म्यानेजर खनालले पर्यटकहरुका लागि नयाँपन, नयाँ स्वाद दिलाउन आवश्यक रहेको बताइन्। कोरोनाका कारण डेढ वर्ष यता थला परेको पर्यटन तथा होटल व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था सरकारले मिलाइ दिनुपर्ने व्यवसायीहरुको माग छ। 

प्रकाशित: Sep 17, 2021| 01:05 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्