शुक्रबार, वैशाख १४, २०८१

सहमति जुटाउन नेकपा दुई अध्यक्षबीच छलफल

पार्टीमा चर्किएको विवाद साम्य पार्न नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

काठमाडौं– पार्टीमा चर्किएको विवाद साम्य पार्न नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।

triton college

सोमबार तोकिएको स्थायी कमिटी बैठक स्थगित गरी सहमति जुटाउन दुई अध्यक्षबीच बालुवाटारमा कुराकानी भइरहेको नेकपाका एक स्थायी समिति सदस्यले जानकारी दिए।

आइतबार दुई अध्यक्षबीच ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ तथा ओली पाँच वर्ष नै प्रधानमन्त्री बन्ने, दाहालले कार्यकारी हैसियतमा पार्टी चलाउने विषयमा छलफल भए पनि विना निष्कर्ष टुंगिएको थियो।

दाहाल पक्ष यी दुई विषयमा सहमति नभई ओलीले पदबाट तत्काल राजीनामा दिनुपर्ने पक्षमा छ। ओली भने आफूले अहिले दुवै पदबाट राजीनामा नदिने अडानमा छन्।

'कार्यदल देखाउन मात्र'

corrent noodles
Metro Mart

नेकपा एक स्थायी समिति सदस्यले सहमतिको खाका बनाउन भनी गठन गरिएको कार्यदल देखाउने दाँत मात्र रहेको बताएका छन्।

ती स्थायी समिति सदस्यले नेपाल सयमसँग भने, ‘दुई अध्यक्षबीच फेस टु फेस कुराकानी हुँदा सहमति नहुने तर दोस्रो तहका नेता सम्मिलित कार्यदलले सहमतिको खाका तयार गर्छ भन्नु विश्वासयोग्य कुरा होइन। यो देखाउन मात्र गठन गरिएको हो।’

उनले नेकपा स्थायी कमिटी बैठक स्थगित हुँदै अध्यक्षबीच छलफल भइरहेकाले सहमति छिट्टै हुने संकेत देखिएको बताए।

नेकपा अध्यक्ष एवम् प्रधानमत्री केपी ओली र पुष्पकमल दाहालबीच आइतबार भएको छलफलमा सहमतिको खाका बनाउन दोस्रो तहका चार नेता सम्मिलित कार्यदल बनाइएको थियो।

कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन छन्।

नेकपामा विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी शनिबारका लागि तोकिएको थियो।

अध्यक्षद्वयबीच असार १९ गते पनि छलफल भएको थियो।

यही असार १० गतेदेखि चालु स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति र विघटित एमाले नामकै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि विवाद बाहिर आएको हो।

विवाद उत्कर्षमा आएपछि स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले एकै स्वरमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए। यस्तै पार्टीभित्रको विवाद साम्य पार्न दोस्रो तहका नेताहरूको प्रयास पनि सफल हुन सकेको छैन।

यसबीचमा प्रधानमन्त्री ओलीले पार्टीमा जानकारी नगराईकन संसदको बर्खे अधिवेशन चाँडै अन्त्य गरेपछि पार्टीभित्रै उनको चर्को आलोचना भएको छ।

यस्तै उनले राष्ट्रपतिलाई महाभियोग लगाउन र आफूलाई पदबाट हटाउन पार्टीभित्रै षड्यन्त्र भएको अभिव्यक्ति दिएपछि नेताहरू थप सशंकित बनेका छन्।

दाहाल समूहले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी महाभियोग लगाउने विषय गलत रहेको स्पष्ट पारिसकेको छ।

नेताहरूको ध्यान यी विवादमा केन्द्रित भएपछि स्थायी कमिटी बैठकका अन्य एजेन्डाहरू एमसीसी सम्झौता अनुमोदन, कोरोना भाइरस नियन्त्रणका उपाय, रुकुम घटना लगायतका एजेन्डा ओझेलमा परेका छन्। बैठकको अर्काे मुख्य एजेन्डा भारतसँगको सीमिा विवादमा छलफल भए पनि निर्णय भने केही भएको छैन।

 

प्रकाशित: Jul 06, 2020| 12:52 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।