शुक्रबार, वैशाख ७, २०८१

‘ढलको पानीमा कोरोना भेटियो भन्दैमा नआत्तिनुस्’

काठमाडौंका विभिन्न क्षेत्रको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएको भन्ने दाबी गरिएकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- काठमाडौंका विभिन्न क्षेत्रको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएको भन्ने दाबी गरिएकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।

triton college

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा कोभिड १९ भाइरसको अंश भेटिँदैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने बताए।

गौतमका अनुसार विश्वका अन्य देशमा पनि ढलमा भाइरसका टुक्राहरु देखिए पनि त्यसले संक्रमण फैलाएको पुष्टि नभएकाले ढलको पानीमा भाइरस देखियो भन्दैमा नआत्तिन सबैलाई मन्त्रालयले आग्रह गरको छ।

प्रवक्ता देवकोटाले भने, ‘कोरोना भाइरस सामान्य तापक्रमको पानी जसमा क्लोरीन जस्तो जीवाणु नासक औषधि राखिएको फोहर पानी अर्थात् अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने देखिन्छ। यसरी ढलको पानीमा कोरोना भाइरसको पहिचान भए पनि यसले कोभिड–१९ सर्नसक्ने सम्भावनालाई अध्ययनले पुष्टि गरेको छैन। तैपनि अन्य संक्रमित रोगका किटाणु हुने हुनाले ढलको पानीको उचित प्रशोधन हुन जरुरी हुन्छ।’

ढलको फोहर पानीमा सरसफाई गर्ने व्यक्ति तथा ढल व्यवस्थापनमा काम गर्ने व्यक्तिले आफुलाई सुरक्षित राख्न मन्त्रालयले आग्रह गरेको छ।

corrent noodles
Metro Mart

प्रवक्ता गौतमले ढलको पानीमा आधारित इपिडिमियोलोजी विधिले ढलको माध्यमबाट मानिसमा कोरोना भाइरस फैलन्छ भन्ने विषयलाई नभई सो पानीमा जिवाणुको मात्रा पहिचान गरी यसका आधारमा समुदायमा संक्रमणको अवस्था बुझ्न सकिने भएकाले यस्ता अध्ययनलाई पुरक विधिको रुपमा लिन सकिने बताए।

साथै ढलमा हाल के कस्ता भाइरस भेटिएका हुन् भन्ने विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान गर्ने उनले बताए।

प्रकाशित: Jul 05, 2020| 17:10 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।