काठमाडौं– अहिले नेपाली महिला फुटबल टिम दुई खेलको एएफसी एसियन कप छनोटका लागि उज्वेकिस्तानको तास्कन्द पुगेको छ। त्यहाँ नेपाली टिमले अभ्यास सुरु गरेको छ। नेपाली खेलाडीहरुले होटलभित्रै मास्क लगाएर अभ्यास गरिरहेका छन्।
गएको सोमबार राति नेपालबाट प्रस्थान गरेको टिम टर्की हुँदै मंगलबार तास्कन्द पुगेको हो। बुधबारको आरामपछि नेपाली टिमले आजबाट अभ्यास सुरु गरेको हो।
अब नेपालले यही असोज २ र ५ गते एएफसी छनोट खेल्नेछ। नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्नेछ भने दोस्रो हङकङसँग।