शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • हत्या गरिएका शिक्षक बीसीको परिवारलाई क्षतिपूर्ति दिन संघको माग

हत्या गरिएका शिक्षक बीसीको परिवारलाई क्षतिपूर्ति दिन संघको माग

नेपाल शिक्षक संघले दैलेखमा हत्या गरिएका शिक्षक नगेन्द्रबहादुर बीसीका परिवारलाई उचित राहत र क्षतिपूर्ति गर्न सरकारसँग माग गरेको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं– नेपाल शिक्षक संघले दैलेखमा हत्या गरिएका शिक्षक नगेन्द्रबहादुर बीसीका परिवारलाई उचित राहत र क्षतिपूर्ति गर्न सरकारसँग माग गरेको छ। 

triton college

संघले घटनाको दोषी उपर हदैसम्मको कारबाही गर्न पनि माग गरेको छ। दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रबहादुर बीसीको सोमबार राति विद्यालय प्रांगणमै हत्या भएको थियो। घटनामा संलग्न भएको आरोपमा स्थानीय २५ वर्षीय मुना राना पक्राउ परेकी छन्।

संघले भनेको छ, ‘निहत्था शिक्षक आफ्नो कर्मस्थलमै असुरक्षित रहनु र आततायी आक्रमणबाट मारिनु अत्यन्त दुःख, दुर्भाग्यपूर्ण र अमानवीय कार्य हो।’ संघले यस्ता घटनाबाट नेपाली शिक्षक जगत्लाई असुरक्षित महसुस गराएको भन्दै चिन्ता व्यक्त गरेको छ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली शिक्षक समुदायमा भयरहित वातावरण निर्माण गरी सुरक्षाको पूर्ण प्रत्याभूति गराउनका लागि दोषीको तत्काल पहिचान गरी हदैसम्मको कारबाहीको दायरामा ल्याउन माग गर्दछौं।’


प्रकाशित: Sep 16, 2021| 14:04 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।