बुधबार, वैशाख १२, २०८१

शिक्षक नगेन्द्र बीसी मारिनुको कारण 'अवैध सम्बन्ध'

‘अवैध सम्बन्धका विषय नजिकबाट नियालेका छौं। केही प्रमाण अवैध सम्बन्धमै आधारित छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘घटना प्रमाणित नहुँदासम्म यो विषय सार्वजनिक गर्न नमिल्ने नभएका कारण यसलाई व्यक्तिगत रिसइबी भनिएको हो।’
 |  बिहीबार, भदौ ३१, २०७८

देव राना

देव राना

बिहीबार, भदौ ३१, २०७८

सुर्खेत– दैलेखको गुराँस गाउँपालिका–८ छोटेपोखराकी २५ वर्षीया मुना रानालाई व्यक्ति हत्या जस्तो जघन्य अपराधको आरोप लागेको छ। प्रहरीका अनुसार मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बीसीको हत्या उनै मुनाले गरेकी हुन्। व्यक्तिगत रिसइबीका कारण मुनाले बीसीको हत्या गरेको प्रहरीको दाबी छ।

triton college

‘के मुनाले व्यक्तिगत रिसइबीकै कारण बीसीको हत्या गरेकी हुन्? उनीबाट किन रातिको १ः३० बजे बीसीको हत्या भयो? उनी एक्लैले बीसीको हत्या गरेकी हुन् वा घटनामा अन्य व्यक्ति पनि संलग्न छन्? हत्या गर्न कुन हतियार प्रयोग भयो? अनि मध्यरातमा बीसी कुन नियतले विद्यालयको प्राङ्गणमा गए?  महिलासँग शिक्षकको के विषयमा रिसइबी थियो?’ यी प्रश्न अनुत्तरित छन्। यद्यपि घटनाको अनुसन्धान यिनै विषयमा केन्द्रित रहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए।

‘अवैध सम्बन्धका विषय नजिकबाट नियालेका छौं। केही प्रमाण अवैध सम्बन्धमै आधारित छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘घटना प्रमाणित नहुँदासम्म यो विषय सार्वजनिक गर्न नमिल्ने नभएका कारण यसलाई व्यक्तिगत रिसइबी भनिएको हो।’ 
मुनाले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेपछि अहिले अनुसन्धान अवैध सम्बन्धका विषयमा केन्द्रित रहेको ती अधिकारीले बताए। ‘अवैध सम्बन्धका विषय नजिकबाट नियालेका छौं। केही प्रमाण अवैध सम्बन्धमै आधारित छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘घटना प्रमाणित नहुँदासम्म यो विषय सार्वजनिक गर्न नमिल्ने नभएका कारण यसलाई व्यक्तिगत रिसइबी भनिएको हो।’ 

स्थानीयले पनि अवैध सम्बन्धकै कारण बीसीको हत्या भएको दाबी गरेका छन्। ‘अवैध सम्बन्धका कारण हत्या भएको देखिन्छ’, एक स्थानीय भन्छन्, ‘महिला एक्लैले शिक्षकको हत्या गरेको भनेर विश्वास गर्ने आधार छैन।’

घटनामा अनुसन्धानकै क्रममा रहेका कारण बीसीको हत्या मुना एक्लैले गरेकी हुन् वा घटनामा अन्य व्यक्ति पनि संलग्न भन्नेबारे सूक्ष्म ढंगमा अध्ययन भइरहेको अधिकारीहरू बताउँछन्। ‘प्रारम्भिक अनुसन्धानले घटनामा ती व्यक्ति संलग्न थिइन् भन्ने पुष्टि भएको छ’, ती प्रहरी अधिकारीले भने, ‘वास्तविकता त विस्तृत अनुसन्धानपछि मात्रै खुल्छ।’ 

प्रहरीले सुरुमा घटनामा दुई जना व्यक्तिको संलग्नता रहेको बताएको थियो। तर एक जना आरोपितलाई मात्रै सार्वजनिक गरेको छ। ‘अनुसन्धान हुँदै जाँदा अरु व्यक्ति पनि तानिन सक्छन्’, ती प्रहरी अधिकारी भन्छन्, ‘महिला एक्लैले कसरी शिक्षकको हत्या गरिन् भनेर गम्भीर रूपले अनुसन्धान भइरहेको छ।’ 

corrent noodles
Metro Mart

प्रहरीले शिक्षकको हत्यामा प्रयोग भएको हतिहार हालसम्म सार्वजनिक गरेको छैन। घटनाको प्रकृति हेर्दा बीसीको घाँटीमा गहिरो चोट देखिन्छ। प्रहरीले चक्कु जस्तो हतियार प्रयोग भएको बताउँछ। उसो त घटनामा भेटिएका प्रमाण पुष्टि नहुँदै बाहिर ल्याउँदा अनुसन्धान प्रभावित हुने प्रहरीको तर्क छ। 

‘पक्राउ परेकी महिलाले शिक्षकको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकार गरेकी छिन्’, दैलेखका डीएसपी अनुपम श्रेष्ठले भने, ‘प्रारम्भिक अनुसन्धानले व्यक्तिगत रिसइबीका कारण हत्या भएको देखिन्छ। यथार्थ के हो विस्तृत अनुसन्धानपछि मात्रै खुल्ला?’ आरोपित महिलाको बयानकै आधारमा शिक्षकका आफन्तले जाहेरी दिएका छन्। कर्तव्य ज्यान कसुर मुद्दामा दैलेख जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि मुनालाई प्रहरी हिरासतमा राखेर विस्तृत अनुसन्धान थालिएको छ।

मुनाको घर मालिका माध्यमिक विद्यालयसँगै जोडिएको छ। उनी विगत एक वर्षदेखि पसलमा बस्दै आएकी थिइन्। उनका पति डम्बर खड्का भने सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएका छन्। घटना भएको दिन मुनाका पति डम्बर वीरेन्द्रनगरमै रहेको प्रहरीको भनाइ छ। मुनाका सासूससुरालगायत पसलमै थिए।

मालिका माध्यमिक विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका बीसी ५६ सालदेखि विद्यालयमा कार्यरत थिए। विद्यालयमा उनी सामाजिक विषय अध्ययन गराउँथे। स्थानीयका अनुसार साथीभाइबीच मिलनसार बीसी कहिलेकाहीं मदिरा सेवन गर्थे।
घटनाको अघिल्लो दिन (सोमबार) स्थानीय केही युवा, खड्का परिवार र शिक्षक बीसी राति अबेरसम्म पसलमा सँगै बसेका थिए। सोही दिन छोटेपोखराका एक युवकले बिहे गरेका थिए। बिहेको खुसीयालीमा स्थानीय केही युवाले राति अबेरसम्म  रमाइलो गरेका थिए। 

शिक्षक बीसी घरमा एक्लै भएका कारण उनी पनि अबरेसम्म पसलमै थिए। उनकी पत्नी भने दैलेख सदरमुकाम पुगेकी थिइन्। छोराहरू १९ वर्षीय सुनिल र १७ वर्षीय अंकित बीसी अध्ययनका लागि नेपालगन्जमै थिए। मृतक बीसीका बुवाआमासहित दाजुभाइ बाँकेको बैजनाथ गाउँपालिकामा बस्दै आएका छन्। 

मालिका माध्यमिक विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका बीसी ५६ सालदेखि विद्यालयमा कार्यरत थिए। विद्यालयमा उनी सामाजिक विषय अध्ययन गराउँथे। स्थानीयका अनुसार साथीभाइबीच मिलनसार बीसी कहिलेकाहीं मदिरा सेवन गर्थे।


प्रकाशित: Sep 16, 2021| 13:12 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।