काठमाडौं– पछिल्लो २४ घण्टामा देशर १ हजार ७६० जना कोरोना संक्रमित थपिएका छन्।
१६ हजार ८४४ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा १ हजार २२० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ३०७ छ।
आज कोरोनाबाट सात जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा करिब ३ लाख जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। योसँगै कोभिडविरुद्धको खोप लगाउनेको संख्या एक करोड १४ लाख नाघेको छ।
पूर्ण खोप लगाउनेको संख्या ५४ लाख १५ हजार ४२७ छ भने ६० लाख ४१९ जनाले पहिलो डोज लगाएका छन्। खोप लगाउने क्रम बढेसँगै संक्रमित थपिने दर पनि केही दिनयता स्थिर देखिएको छ।