बिहीबार, वैशाख ६, २०८१

सहभागितामै सीमित रह्यो नेपालका लागि टोकियो ओलम्पिक

‘पछिल्लो समय टोकुसिमामा मात्र लङ कोर्स भएको थियो। तर, त्यसअघि भने लङ कोर्स भएको थिएन। सबै अभ्यास सर्टकोर्समा भएको थियो,’ उनले भनिन्। उनले टोकुसिमामा आफ्नो प्रशिक्षक नभएकाले पछिल्लो अभ्यासमा कमी आएको बताएकी छन्।
 |  शुक्रबार, साउन १५, २०७८

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, साउन १५, २०७८

काठमाडौं- टोकियोमा जारी ३२औं गृष्मकालीन ओलम्पिक नेपालका लागि सहभागितामै सीमित भएको छ। नेपाली खेलाडीले पहिलो चरण नै पार गर्न सकेनन्। जसले गर्दा नेपालले खेलाडीबाट विशेषः उपलब्धि हात पार्न सकेन। टोकियो ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटिले २६ सदस्यीय भ्रमण टोल‍ी बनाएको थियो। पहिल्यैबाट आलोचना बेहेरेको एथलेटिक्समा त ओलम्पिकले दुई व्यवस्थापक तय गरेको थियो।

triton college

तर, दुवै व्यवस्थापक ओलम्पिकमा सहभागी नबन्ने भएपछि नेपाली एथलेटिक्स व्यवस्थापकविहीन बनेको थियो। यस वर्षको ओलम्पिकको उद्घाटन समारोहको मार्च पासमा नेपालका खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले नेपालको झन्डा बोकेका थिए। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले दुईजनालाई झण्डा बोक्ने दिने निर्णय गरेसँगै नेपाली दुई खेलाडीले झण्डा बोकेका थिए।

प्रतियोगितामा नेपालका पाँच खेलाडीले सहभागिता जनाएका थिए। तर, तीमध्ये कुनै खेलाडी छनोटबाट ओलम्पिक पुग्न सकेका भने होइनन्। पौडीकी सिंह र साह युनिभर्सालिटी कोटामा ओलम्पिक पुगेका थिए भने जुडोकी सोनिया भट्ट, सुटिङकी कल्पना परियार र एथलेटिक्सकी सरस्वती चौधरी वाइल्ड कार्डबाट ओलम्पिकको प्रतिस्पर्धामा पुगेका थिए।

नेपालको ओलम्पिक इतिहासमा अहिलेसम्म संगीना वैद्य र दीपक विष्टले मात्र छनोट पार गरेर ओलम्पिक खेलेका छन्। त्यसबाहेकका खेलाडीले ओलम्पिक छनोट पार गर्न सकेका छैनन्। यता ओलम्पिक कमिटीले पनि छनोट पार गर्ने तरिकाले अभ्यास गराउन सकेको छैन। 

यस्तो रह्यो नेपाली खेलाडीको यात्रा

corrent noodles
Metro Mart

सोनियाँ भट्ट, जुडो

नेपालबाट जुडोमा सहभागी हुनेमा चौथो खलाडी बनिन् सोनिया भट्ट। ओलम्पिकमा यसअघि तीन खेलाडी सहभागी बनिसकेका छन्। वाइल्ड कार्डमार्फत जुडोमा सहभागी बनेकी भट्ट पहिलो चरणबाटै बाहिरिइन्।

उनले पहिलो खेलमा नवौं वरीयताकी रसियन खेलाडी इरिना डोल्जोवसँग प्रतिस्पर्धा गरेकी थिइन्। तर, भट्ट एक मिनेट १६ सेकन्ड मात्र मैदानमा टिक्न सकिन्। त्यसमा डोल्जोवाले एक इप्पानका साथ जित निकालेकी छन्। र, सोनियाले १०–० को हार बेहोरिन्।

कल्पना परियार, सुटिङ

सुटिङकी कल्पना परियारले पनि दोस्रो चरणमा स्थान बनाउन सकिनन्। यद्यपि उनले आफ्नो व्यक्तिगत प्रदर्शनमा भने सुधार गरेकी थिइन्। त्यो सुधारसँगै उनले सुटिङतर्फ राष्ट्रिय कीर्तिमान बनाइन्। टोकियोमा सम्पन्न १० मिटर एयर राइफलतर्फको खेलमा उनले ६१६.८ अंक पाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

कीर्तिमान बनाए पनि उनी अघिल्लो चरणमा पुग्नचाहिँ सकिनन्। समग्रमा उनी ४८औं स्थानमा रहिन्। यसअघि कल्पनाले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा ६१४. ८ अंक जोड्दै राष्ट्रिय रेकर्ड बनाएकी थिइन्। र, ओलम्पिकमा त्यही रेकर्ड सुधार गरेकी थिइन्। गत साउन १२ मा नेपाली टिम स्वदेश फर्किएको थियो। 

पौडीका एलेक्स शाहको कीर्तिमान

ओलम्पिकमा नेपाली अर्को खेलाडी एलेक्स शाहले पनि आफ्नै पुरानो कीर्तिमान सुधार गरेका छन्। उनले सय मिटर फ्रिस्टाइलमा कीर्तिमान बनाएका हुन्। उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाए। उनले पछिल्लो पटक (१३औं दक्षिण एसियाली खेलकुद सागमा) ५५.३८ सेकेन्डको रेकर्ड बनाएका थिए।

यता ७० खेलाडी सहभागी बनेको सो विधामा नेपाली खेलाडी शाह ५९औं स्थानमा रहे। त्यसैले उनी अघिल्लो चरणमा प्रवेश भने गर्न सकेनन्। सात खेलाडी समावेश भएको हिटमा भने उनी पहिलो भए।

आफ्नै रेकर्ड सुधार गरेपछि साहले निकै खुसी भएको प्रतिक्रिया दिएका थिए। ‘ओलम्पिकमा सहभागी बन्न पाउँदा निकै खुसी छु। म आफ्नो रिजल्टमा सन्तुष्ट छु,’ उनले भनेका थिए, ‘ओलम्पिकमा नेपालका तर्फबाट सहभागी बन्न पाउँदाको खुसी हो यो।’

‘अघिल्लो चरणमा जान नपाएकोमा केही दुःखी त छु तर यसलाई सुधार गर्नमा म विश्वस्त पनि छु,’ उनले भने, ‘मैले अझै धेरै सिक्नु छ। र, ओलम्पिकको अनुभवले मलाई अघि बढ्न प्रेरणा मिल्नेछ।’

गौरिकाको पनि रेकर्ड

गाैरिकाले पनि आफ्नै रेकर्ड बिट गर्दै नयाँ कीर्तिमान राखिन्। उनले सय मिटर फ्रिस्टाइनलमै कीर्तिमान कायम गरेकी हुन्। टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाएपछि नेपाली पौडीबाज गौरिकाले भनिन्, ‘सोचेको जस्तै प्रदर्शन गरें। आफ्नो प्रदर्शन सोचेजस्तै भकाले खुसी छु। यति नै समयमा पूरा गर्छु भनेर सोचेको त थिइनँ तर जति सक्छु राम्रो गर्छु भन्ने चाहिँ थियो।’

उनले कोभिडका कारण लामो समय अभ्यास गर्न पाएकी थिइनन्। कोभिड सकिएपछि उनले आफ्नो लङकोर्सको अभ्यास नभएको पनि बताएकी छन्।

‘पछिल्लो समय टोकुसिमामा मात्र लङ कोर्स भएको थियो। तर, त्यसअघि भने लङ कोर्स भएको थिएन। सबै अभ्यास सर्टकोर्समा भएको थियो,’ उनले भनिन्। उनले टोकुसिमामा आफ्नो प्रशिक्षक नभएकाले पछिल्लो अभ्यासमा कमी आएको बताएकी छन्।

उनले दुई ओलम्पिकको अनुभवलाई भविष्यमा पनि प्रयोग गर्ने बताएकी छन्। भन्छिन्, ‘अब म एक महिनापछि विश्वविद्यालय जाँदैछु। त्यहाँ नयाँ कोर्समा अभ्यास गर्नेछु।’  गौरिकाले १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए पनि प्रतियोगिताको अर्को चरणमा पुग्न सफल भइनन्। उनले पहिलेको एक मिनेट ५६ मिलिसेकेन्डको रेकर्ड भंग गर्दै एक मिनेट ११ मिलिसेकेन्डको रेकर्ड कायम गरेकी हुन्। टोकियो ओलम्पिकको पौडीतर्फ हिट १ मा सहभागी बनेकी गौरिकाले आफ्नो हिटमा तेस्रो स्थानमा रहिन्। उनी टोकियोबाटै अब लन्डन फर्किने छिन्।

सरस्वती चौधरी, एथेलेटिक्स

नेपालका लागि अन्तिम प्रतिस्पर्धी सरस्वती चौधरी पनि टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिइन्। महिला सय मिटर दौडमा सहभागी  चौधरी आफ्नो हिटको आठौं स्थानमा रहँदै बाहिरिइन्। सय मिटर दौडको दोस्रो हिटमा नौ खेलाडी समावेश भएका थिए। तीन हिटबाट समान ३–३ खेलाडी र बेस्ट रनर एक जना अर्को चरणका लागि छनोट भए।

नेपाली धावक चौधरी शीर्ष तीनमा पर्न नसकेपछि उनी आउट भएकी हुन्। सरस्वतीले निर्धारित दूरी १२.५५ सकेन्डमा पूरा गरेकी थिइन्।

नेपाली एथलेटिक्स धावक गोपीचन्द्र पार्कीले ओलम्पिकमा सहभागिता जनाउन नपाएपछि नेपालकातर्फबाट सरस्वतीले ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन्। ‘ओलम्पिक खेल्ने सपना थियो। त्यहाँसम्म पुगें। देशको प्रतिनिधित्व गर्न सकें। तर यो ओलम्पिकमा धेरै राम्रो गर्न सकिनँ। अब यसको अनुभव सँगालेर भविष्यमा राम्रो गर्न कोसिस गर्नेछु,’ उनले प्रतियोगिताबाट बाहिरिएपछि भनिन्, ‘अभ्यास राम्रो गर्दै जानेछु।’

यो पनि पढ्नुहोस्,

ओलम्पिकमा निस्किएकी इन्द्राको जब लिंग परिवर्तन गरेर कोरोना पोजेटिभ देखाइयो...


प्रकाशित: Jul 30, 2021| 12:20 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।