भारतको बिहार राज्यमा चट्याङ लागेर एकैदिनमा ८३ जनाको मृत्यु भएको छ।
त्यहाँको प्रकोप व्यवस्थापन विभागका अनुसार हिजो बिहीबार चट्याङबाट यति ठूलो संख्यामा मानिसको मृत्यु भएको हो। सबैभन्दा बढी मृत्यु गोपालगञ्जमा भएको छ ।
त्यहाँ १३ जनाको मृत्यु भएको छ। त्यस्तै मधुवनी र नवादामा ८–८ जनाको मृत्यु भएको छ । यसबाहेक सिवानमा ६, भागलपुरमा ६, पूर्वी चम्पारणमा ५, दरभंगा र बाँकामा ५–५ जनाको मृत्यु भएको छ। त्यस्तै पश्चिमी चम्पारणमा २ जनाको मृत्यु भएको विभागले जनाएको छ।