काठमाडौं- दैलेखमा आत्महत्या गरेका एक युवकको कोरोना भाइरस (कोभिड १९) परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।
दुल्लु नगरपालिका–१०, छुवाला घर भएका २१ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको हो।
असार ९ गते घरमा झुण्डिएको अवस्थामा भेटिएका युवकको शव परीक्षणका लागि दुल्लु अस्पताल लगिएको थियो।
अस्पतालका चिकित्सकले स्वाब परीक्षण गरेपछि मात्रै शव परीक्षण गर्ने बताएपछि उनको स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो।
सुर्खेतमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले जानकारी दिए। भण्डारीले युवकको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको बताए।
युवक जेठ ११ गते भारतबाट आएर पञ्चकोशी माध्यमिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए।