बुधबार, वैशाख १२, २०८१

यस्ताे छ मुलुकका ५ महानगरकाे नयाँ बजेट

मुलुकका ५ महानगरपालिकाले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन्। ती महानगरपालिकाले आआफ्नो नगरसभामा बजेट पेस गरेका हुन्।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

काठमाडाैं- मुलुकका ५ महानगरपालिकाले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन्। ती महानगरपालिकाले आआफ्नो नगरसभामा बजेट पेस गरेका हुन्।

triton college

सबैभन्दा बढी मुलुकको संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाले १६ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ। यस्तै पोखरा लेखनाथ महानगरपालिकाले ६ अर्ब १९ करोड रुपैयाँ, भरतपुर महानगरपालिकाले ४ अर्ब १५ करोड रुपैयाँ, वीरगन्ज महानगरपालिकाले ३ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छ।

विराटनगर महानगरपालिकाले भने ३ अर्ब ३७ करोड रुपैयाँ विनियोजन गरेको छ। 

कुन महानगरको कति बजेट ?

काठमाडौं महानगरपालिका : १६ अर्ब ४२ करोड

corrent noodles
Metro Mart

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

चालु खर्च ४९ प्रतिशत र पुँजीगत खर्च ५१ प्रतिशत गर्ने गरी बजेट विनियोजन गरिएको छ।

महानगरपालिकाकी उप्रपमुख हरिप्रभा खड्की श्रेष्ठले नगरसभाको सातौं अधिवेशनमा बजेट प्रस्तुत गरेकी हुन्।

चालु खर्चका लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ भने १७ करोड २३ लाख रुपैया आर्थिक विकास क्षेत्रका लागि छुट्याइएको महानगरपालिकाले जनाएको छ।

त्यस्तै पुँजीगत अर्थात् पूर्वाधार विकास क्षेत्रका लागि भने कुल बजेटको ५१ प्रतिशत अर्थात् ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ९६ करोड ३० लाख रुपैयाँ रकम विनियोजन गरेको छ।

सःसर्त अनुदानतर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

स्रोतको व्यवस्थापन भने ६ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ आन्तरिक स्रोतबाट आम्दानी हुने प्रक्षेपण गरेको छ। बाह्य स्रोततर्फ निःसर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार रुपैयाँ, सःसर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख ५ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्ताबापत १ अर्ब २० करोड रुपैयाँ, जग्गा एकीकरणबाट ९६ करोड ८ लाख २६ हजार रुपैयाँ गरी कुल ६ अर्ब १६ करोड ८ लाख २६ हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।

नपुग ३ अर्ब ५० करोड रुपैयाँ बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ। महानगरपालिकाको आन्तरिक स्रोतमा बहाल करबाट १ अर्ब ५० करोड, सम्पत्ति करबाट ८० करोड, व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड, शुल्क आयबाट १ अर्ब ५० करोड र कवाडी कर लगायतबाट पनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ।

पोखरा : ६ अर्ब १९ करोड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार बजेट विनियोजन गरेको छ।

संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी अन्तरसरकारी वित्तीय हस्तान्तरणबापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमानसहितको बजेट उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार नगरसभामा पेस गरेकी हुन्। अन्तर सरकारी अख्तियारबाट ८५ करोड प्राप्त हुने महानगरको अनुमान छ।

राजस्व बाँडफाँटर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी ३५ करोड १ लाख प्राप्त हुने अनुमान गरिएको छ।

यस्तै आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको छ।

भरतपुर : ४ अर्ब १५ करोड

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८का लागि चार अर्ब १५ करोड ६४ लाख ८९ हजार विनियोजन गरेको छ। महानगरको आज आयोजित छैटौं नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो। जसमध्ये ४८ करोड चालु खर्च रहेको छ ।

आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट रु ६० करोड, आन्तरिक आय ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ६९ करोड दुई लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ४६ करोड १२ लाख ५१ हजार छ।

यस्तै आम्दानीतर्फ जनसहभागिताबाट २५ करोड, बैंक मौज्दात ८२ करोड, मर्मतसम्भार कोषबाट दुई करोड र सडक बोर्ड नेपालबाट एक करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ।

वीरगन्ज : ३ अर्ब ८५ करोड

वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि तीन अर्ब ८६ करोड ५१ लाख ९० हजार तीन सय ३५ को आयव्यय प्रस्तुत गरेको छ। बजेटमा चालुतर्फ एक अर्ब ६२ करोड ६९ लाख १८ हजार, पुँजीगततर्फ दुई अर्ब १७ करोड ४६ लाख ७२ हजार र वित्तीय व्यवस्थातर्फ ६ करोड ३६ लाख खर्च हुने अनुमान गरिएको छ।

कुल खर्चमध्ये आर्थिक विकासतर्फ २५ करोड ९५ लाख २५ हजार, सामाजिक विकासतर्फ ८७ करोड ७७ लाख ३६ हजार, पूर्वाधार विकासतर्फ एक अर्ब ७७ करोड ६ लाख १२ हजार, सुशासन तथा अन्तरसम्बन्धी – वन, वातावरण तथा विपतसमेततर्फ रु २३ करोड ७५ लाख १६ हजार र कार्यालयतर्फ रु ७१ करोड ९८ लाख एक हजार व्ययको अनुमान प्रस्तुत गरिएको छ।

विराटनगर : ३ अर्ब ३७ करोड

विराटनगर महानगरपालिकाको छैटौं नगरसभाले आर्थिक वर्ष २०७७/७८ का लागि कुल तीन अर्ब ३७ करोड ८१ लाख १० हजारको वार्षिक बजेट सार्वजनिक गरेको छ।

आन्तरिक आम्दानीतर्फ ८९ करोड ८२ लाख ९६ हजार ७००, संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटतर्फ ७६ करोड ८२ लाख ५२ हजार, संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ ३८ करोड सात लाख ६८ हजार र संघीय सरकारको सःसर्त अनुदानतर्फ रु एक अर्ब दुई करोड नौ लाख छ।

प्रदेश सरकारको सःसर्त अनुदानबाट आउने रु दुई करोड १० लाख नौ हजार, संघीय सरकार विशेष अनुदानतर्फ १३ करोड, प्रदेश सरकार समपूरक अनुदानतर्फ तीन करोड, वैदेशिक र अन्य संघसंस्था अनुदानतर्फ तीन करोड २६ लाख ७८ हजार र जनसहभागिताबाट प्राप्त हुने नौ करोड ६२ लाख पाँच हजार रकम देखाइएको छ।

विनियोजित कुल व्ययतर्फ तीन अर्ब ३७ करोड ८१ लाखमध्ये प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड, वातावरण तथा फोहरमैला व्यवस्थापनतर्फ ल्यान्डफिल्ड साइटको जग्गा खरिदसहित ११ करोड ४९ लाख ५० हजार छ।

 

प्रकाशित: Jun 24, 2020| 18:55 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्