शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकद्वारा ३० लाखको घातक रोग बीमा दाबी रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा ३० लाखको घातक रोग बीमा दाबी रकम भुक्तानी

एनआईसी एशिया बैंकले ल्याएको अतुलनीय तथा असीमित सुविधा भएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमाबापत बैंकका दुई जना ग्राहकलाई रू.१५ लाख प्रतिव्यक्तिका दरले रू.३० लाख बीमा रकम भुक्तानी गरेको छ ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

एनआईसी एशिया बैंकले ल्याएको अतुलनीय तथा असीमित सुविधा भएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमाबापत बैंकका दुई जना ग्राहकलाई रू.१५ लाख प्रतिव्यक्तिका दरले रू.३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

triton college

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचारवापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्तराज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचारबापत उक्त रकम भुक्तानी गरिएको हो ।

सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ ।

उच्च व्याजदर र अतुलनीय फाइदाले भरिपूर्ण बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न अतुलनीय बीमा सुविधा प्रदान गरिएको छ ।

यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिने बैंकले जनाएको छ।

corrent noodles
Metro Mart

बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक योजना अन्तर्गत खाता खोल्दा न्यूनतम रू.२० हजार देखि रू.१ लाख ६० हजारसम्मको फाइदा हुने चमत्कारिक फाइदा योजना ल्याएको छ ।

प्रकाशित: Jun 24, 2020| 16:10 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्