शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थमन्त्री शर्मा र चिनियाँ राजदूतबीच भेट, १६ लाख खोप चाँडै दिने प्रतिबद्धता

अर्थमन्त्री शर्मा र चिनियाँ राजदूतबीच भेट, १६ लाख खोप चाँडै दिने प्रतिबद्धता

नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन्।
 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८

काठमाडौं‐ नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन्। शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकता भएको भन्दै चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएको र सो कार्यमा राजदूतबाट सहयोगको अपेक्षा रहेको बताए।

triton college

नेपालले अहिलेसम्म चीनबाट १८ लाख डोज खोप पाइसकेको छ। मन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरूको कार्यन्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान तथा कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गरे। 

उनले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्न नेपाल सरकारले गर्नुपर्ने कामहरूको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिनेसमेत बताए। 

भेटको क्रममा चिनियाँ राजदूत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताएकी थिइन्।

चिनियाँ जनता र त्यहाँको कम्युनिस्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोभीड महामारीविरुद्धको लडाईंमा आफूहरू नेपालको साथमा रहेको धारणा राखेकी थिइन्।

corrent noodles
Metro Mart

यस्तै भूकम्पपछिको पुनरनिर्माणमा चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाको पुनरनिर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उनले दरबार हाइस्कुलको पुनरनिर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिए। 

प्रकाशित: Jul 30, 2021| 13:50 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...