बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अध्यक्षद्वयको मन्तव्यपछि नेकपा स्थायी समिति बैठक १२ गतेसम्मका लागि स्थगित

अध्यक्षद्वयको मन्तव्यपछि नेकपा स्थायी समिति बैठक १२ गतेसम्मका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक असार १२ गते बस्ने गरी स्थगित भएको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक असार १२ गते बस्ने गरी स्थगित भएको छ।

triton college

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेकाे बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएकाे हाे।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, अध्यक्षद्वयले धारणा राख्‍ने काम भयो। अर्को बैठकमा सबै सदस्यहरुले आफ्ना धारणा राख्ने सहमतिपछि बैठक सकियो। अर्काे बैठक शुक्रबार ११ बजे बस्नेछ।' बैठकले एजेन्डा तय गरेकाे छ। 

महासचिव विष्णु पौडेलले अध्यक्षद्वयले तयार पारेको एजेन्डा प्रस्तुत गरी बैठक सुरु गरेका थिए। स्थायी समिति बैठकमा कार्यसूचीमा सामान्य विमर्श भएपछि अध्यक्षद्वले आफ्नो धारणा राखेका थिए।

उनीहरुले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका क्रममा सरकारले खेलिरहेको भूमिका, पार्टीको सांगठनिक अवस्था लगायतका विषयमा आफ्नो धारणा राखेकाे एक स्थायी समिति सदस्यले बताए।

corrent noodles
Metro Mart

बैठकमा विभिन्न सातवटा विषय छलफलका लागि पेस भएका थिए। जसमा कोरोना रोकथाम र उपचार, सीमा समस्या, अमेरिकी सहयोग एमसीसी, पार्टी एकता लगायत छन्। 

बैठकमा उपस्थित स्थायी समिति सदस्यहरुले नागरिकता विधेयक, पश्चिम रुकुममा भएको जातीय विभेदको घटना (चौरजहारी प्रकरण) लगायतमा पनि छलफल गर्नुपर्ने आवाज उठाएपछि अर्को बैठकका लागि ती एजेन्डा पनि थप भएका छन्।

यसअघि अध्यक्षद्वयबीच मंगलबार लामाे समयसम्म छलफल हुँदा पनि बैठकका एजेन्डा तय हुन सकेकाे थिएन। 

प्रकाशित: Jun 24, 2020| 15:00 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।