सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
पटक पटक बैठक टार्दै आएका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा दबाब बढ्दै गएपछि बैठक डाकेका हुन्।
बैठकमा अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), कोरोना रोकथाम, सीमा समस्या, पार्टी एकताका बाँकी काम आदि विषयमा छलफल हुने बताइएको छ।
यसअघि सचिवालयको बैठकमा एमसिसीबारे धेरैपटक छलफल भए पनि निर्णय हुन सकेको छैन।
यसअघिका सचिवालय बैठकमा भीम रावल, प्रदीप ज्ञवाली, एमसिसी कम्पयाक्टका कार्यकारी अधिकृत खड्गबहादुर विष्ट, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलगायतका सरोकारवालालाई राखेर छलफल गर्ने र उनीहरूको धारणा बुझ्ने काम भएको थियो।