शुक्रबार, वैशाख ७, २०८१

होटलमा चिकित्सक राखेकोमा स्थानीयको विरोध

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन् । स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित तुलिप पोखरा इनमा चिकित्सक र नर्स चार दिनदेखि बस्दै आएका छन् ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन् । स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित तुलिप पोखरा इनमा चिकित्सक र नर्स चार दिनदेखि बस्दै आएका छन् ।

triton college

सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष मीना भट्टराईले कोभिड–१९ का सङ्क्रमितसँग प्रत्यक्ष काम गरिरहेका चिकित्सक सुरक्षित स्थानमा रहनुपर्नेमा अव्यवस्थित पार्किङ र मापदण्ड पूरा नभएको होटलमा बस्दा जोखिम हुन सक्ने भएकाले यस विषयमा आवाज उठाएको बताए।

“हामीले विरोधभन्दा पनि जोखिमलाई ध्यान दिएर आवाज उठाएका हौँ, यस होटल वरपर रहेका ५२ घर मजदूर छन् उनीहरुका बच्चाहरु खुलमखुला हिँड्छन्, व्यवस्थित पार्किङ छैन, चिकित्सक बोकेको गाडी घण्टौँ होटल अगाडि हुन्छ । अग्रमोर्चामा रहेका चिकित्सक र नर्सलाई तोकिएको मापदण्ड पूरा गरिएको होटलमा राख्नुपर्ने हाम्रो माग हो,” उनले भने।

उक्त होटलका सञ्चालक विष्णु आचार्यले अस्पतालको आधिकारिक पत्रसहित काममा रहेका चिकित्सक र नर्स होटलमा बसेको जानकारी दिए । “उहाँहरु कामबाट आउनुहुन्छ, सुरक्षा अपनाएर कोठामा जानुहुन्छ, सामाजिक दूरी कायम गरेर होटलको सेवा प्रवाह भएको छ, टोलमा जोखिम हुने गरी कुनै पनि कार्य भएको छैन ।”

चिकित्सक संघ गण्डकीका अध्यक्ष डा निर्मल लामिछानेले सरकारले अस्पतालमा कार्यरत चिकित्सकका लागि गरेको प्रबन्धमा स्थानीयवासीले विरोध गर्नु जायज नभएको बताए

corrent noodles
Metro Mart

“अहिले चिकित्सक नर्सलगायतका स्वास्थ्यकर्मी कोभिड–१९ को अग्रमोर्चामा खटिएर काम गरिरहनुभएको छ, यो बेला उहाँहरुको आत्मबल बढाउन जरुरी छ । दिनभरको कामको तनावले आराम गर्न होटल पुगेका चिकित्सकप्रति अनावश्यक शंकाउपशंका गरेर विरोध गर्नु जायज छैन, उनीहरु बाटोमा हिँड्दैमा कोरोना सर्छ भनेर बुझ्नु नै चेतनास्तर कम हुनु हो, चिकित्सक नर्स आफैँ पनि यस विषयमा सतर्क छन् ।”

रासस

प्रकाशित: Jun 24, 2020| 11:27 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।